Loading...
जायज माग छ भने मधेशी मोर्चाको सम्बोधन निर्वाचनपछि बिचार गरौला-माधवकुमार नेपाल

२१ चैत, पोखरा । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् । प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार नै निर्वाचन भएको हुनाले उनले जनताका सेवा र सुविधा घरदैलोमा पुर्याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान्जस्तो आफूलाई नलागेको समेत दाबि गरेका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले निर्वाचन आयोगले वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न लागेकाले सानातिना विवादमा न अल्झिन समेत सबै लाइ आग्रह गरेका छन् । संविधान संशोधन गर्ने बेला अहिले नभएको हुनाले संशोधन का लागि पछि बिचार गर्ने उहाको भनाइ थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *