Loading...
नेपालले बिक्रम संवत, देवनागरी लिपि जस्ता भारतीय भाषा र संस्कृतिलाई सम्मान दिएकोमा गर्वको अनुभुति भएको छ – भाजपा नेता तरुण बिजय

काठमाडौं-चैत्र २१ । भारतीय जनता पार्टीका नेता तरुण बिजयले नेपालमा सबै समुदायले हक, अधिकार, समानता र सम्मान पाउनुपर्ने बताउनुभएको छ । नेपाल भारत सम्बन्धमा मिडियाको भुमिका बिषयक कार्यक्रमलाई सम्बोधन गर्दे बिजयले नेपालमा कुनै पनि समुदाय बिशेषले आफु समानताको आधारमा सम्मानपुर्वक बाँचेको अनुभव गर्नुपर्ने बताउनुभयो । भारतको राज्य सभाका पुर्व सांसद समेत रहनुभएका बिजयले नेपाल भारतको सम्बन्ध अहिले बसन्त ऋतु जस्तो भएको टिप्पणी गर्नुभयो ।

बिजयले नेपाली मिडियाले भारतलाई सधै गाली गरे पनि भारतीय मिडियाले भने नेपाललाई सधै माया गर्ने गरेको बताउनुभयो । भारतका बरिष्ठ पत्रकार समेत रहनुभएका बिजयले गाईको रक्षा गर्ने मुलुक नेपाल शिव र बुद्धको सँगै उपसना गर्ने मुलुक भएको उल्लेख गर्दे भारतीय संस्कृति बिक्रम संवत, देवनागिरी लिपी र हिन्दी भाषालाई सम्मान दिने भएकोले आफुलाई नेपाल आउदा गर्वको अनुभुति हुने बताउनुभयो ।

बिजयले नेपाल आउन आफुलाई तिर्थ गर्न आएको अनुभुति हुने बताउदै आफ्नै आमालाइ भेट्न आएको जस्तो महसुस हुनेजिकिर गर्नुभयो । सम्बोधनकै क्रममा बिजयले नेपालका राष्टपति बिद्यादेबी भण्डारीको चाँडै भारत भ्रमण हुने अपेक्षा गर्दे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको सुचना तथा सञ्चार मन्त्री राम कार्कीले उत्घाटन गर्दे नेपाल र भारतको सम्बन्धलाई मजबुत बनाउन मिडियाको भुमिका अत्यन्तै महत्वपुर्ण हुने धारणा राख्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *