Loading...
आफुले देशलाई होइन निर्बाचन खारेज गर भनेको नयाँ शक्ति पार्टीका नेतृ हिसिला यमीको प्रस्टोक्ति

काठमाडौं-चैत्र २१ । नयाँ शक्ति पार्टीका नेतृ हिसिला यमीले आफुले यो देशलाई खारेज होइन निर्बाचन खारेज गर भनेको प्रष्ट्याउनुभएको छ । निर्बाचन आयोगमा धर्नाका क्रममा गिरफतारीमा परेको बेला निर्बाचन खारेज गर भनेकोमा झुकिएर देशलाई खारेज गर भनेकोमा गल्ती भए पनि आफ्नो राजनीति समाप्त पार्न षडयन्त्र भईरहेको आरोप लगाउनुभएको छ ।

प्रहरीको दमनको क्रममा निस्किएको शब्दलाई लिएर मेरो बिरुद्ध षडयन्त्र भइरहेको छ यसलाई म कदापि स्वीकारदिन यमीको भनाई छ । यमीले नयाँ शक्ति सँग अत्तालिएर बदनाम गर्ने उदेश्यका साथ प्रचारबाजी गरेकोमा आपत्ति जनाउदै अन्याय र असामानताका बिरुद्ध नयाँ शक्तिको आन्दोलन नरोकिने प्रस्ट पार्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *