Loading...
सहमतिमा चुनाब नगरे मुलुक ठूलो दुर्घटनामा फस्ने राजेन्द्र श्रेष्ठको चेतावनी
काठमाडौं २१, चैत्र । संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधनको माग गर्दै राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।संशोधन नहुँदै सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेको विरोधमा गठबन्धनले पूर्वघोषित कार्यक्रम अनुसार काठमाडौंमा विरोध र्याली एवं जनप्रदर्शन गरेको छ ।
मधेशी, आदिवासी जनजाति लगायत समग्र उत्पीडित समुदायको साझा संगठन २८ दलीय संघीय गठबन्धनले परिमार्जन सहित संशोधन हुनु पर्ने, सहमतिका आधारमा चुनाव घोषणा हुनुपर्ने लगायत माग गर्दै आज चैत्र २१ गते सरकारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
सोमबार दिउँसो काठमाडौंको शान्तिवाटिकामा भेला भई बागबजार, पुतलीसडक, प्रदर्शनी मार्ग, शहीद गेट, न्यूरोड हुँदै नाराबाजी र ब्यानरसहितको विरोध र्याली जुद्धशालिक पुगेर सभामा परिणत भएको थियो ।  हजारौंको संख्यामा गठबन्धनमा आबद्ध दल र संगठनका सहभागीले स्थानीय चुनावअघि संविधान संशोधन नभए कुनै पनि हालतमा चुनाव हुन नदिने भन्दै सरकारलाई सचेत गराएका छन् ।
विरोध सभालाई सम्बोधन गर्दै गठबन्धनको मुख्य घटक संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन बिना चुनाव औचित्यहीन भएको भन्दै सार्थक चुनावका लागि संविधान संशोधन र सहमतिमा आधारमा चुनावको तिथि घोषणा हुनु पर्ने माग गरे ।  सहमतिमा चुनाब नगरे मुलुक ठूलो दुर्घटनामा फस्ने भन्दै राजेन्द्र श्रेष्ठले चेतावनी समेत दिनुभयो
त्यस्तै, संघीय लिम्बूवान राष्ट्रिय पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकले संविधान संशोधनलाई थाती राखेर चुनावमा गए परिणाम ठीक नहुने चेतावनी दिँदै मधेशी, आदिवासी जनजाति, दलित, थारु, खस, महिला, सीमान्तकृत लगायतको माग सम्बोधन नभएसम्म कुनै पनि चुनावको अर्थ नभएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *