Loading...
राजविराजमा भेटन थाले बमहरु, सेनाको टोलीद्वारा निष्कृय पार्ने प्रयास जारी, गोइतको पर्चा बरामद (पर्चा सहित)

राजविराज, २२ चैत । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको विभिन्न दुई स्थानमा मङ्गलवार बम फेला परेको छ ।


राजविराज नगरपालिकाको वडा नम्वर–४ स्थित व्यवसायी विनोद चौधरीको घरको मूल गेटमा बम फेला परेको छ । टायर र व्याट्रीको कारोबार गर्दैआएका बुलाकीजी ट्रेडर्सका प्रोप्राइटर चौधरीका घरको मूल गेटमा बम फेला परेको छ । यसैगरी राजविराज नगरपालिका–५ स्थित छोटू भन्ने रविन्द्र यादवको निवासमा समेत बम फेला परेको छ । ईट्टा व्यवसायी यादवको कम्पाउण्डभित्र बम फेला परेको प्रहरीले जनाएको छ । बम राखिएको दुवै स्थानबाट सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत भेटिएको छ । दुई छुट्टा–छुट्टै स्थानमा फेला परेको बमलाई राजविराज स्थित कृष्ण दल गणका सेनानी रुद्रवीर कार्की नेतृत्वको टोलीले निष्क्रिय पार्ने कार्यमा जुटेका छन् ।
यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले मङ्गलवारै एक प्रेस विज्ञप्ति जारी गर्दै दुवै बमको जिम्मेवारी लिएका छन् । आगामी बैशाख ३१ हुने भनिएको स्थानीय निकायको निर्वाचनलाई छैठौं केन्द्रीय समितिको बैठकले सशक्त र सशस्त्र विरोध गर्ने निर्णय अनुसार आर्थिक सहयोगको अपेक्षा राखि कार्यकर्ता पठाउँदा प्रहरीद्वारा पक्राउन षडयन्त्र गरेको भन्दै दुवै स्थानमा बम राखेको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

newstoday.com.np baaT

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *