
काठमाडौं, संघीयसमाजवादी फोरम नेपालका सचिव अजम्वर कान्गमांग राईले नेकपा एमाले पारि डांडा बाट हेर्दा झ्याम्मा परेको वरपिपलको रुख देखिएता पनि छेउमा आएर हेर्दा बाँस झ्यांग जस्तो कोहि उत्तर तिर कोहि दक्षिण तिर कोहि पश्चिमतिर फर्केको त कोहि सिधा आकाश तिर निस्केको बाँस जस्तो लथालिंग परेको पार्टी हो भनि आरोप लगाएका छन् l
तिनकुने पार्टी कार्यालय मा आयोजित भोजपुर काठमाडौं सम्पर्क समितिको सम्मेलनमा बोल्दै कान्गमांगले अवको वैकल्पिक र युगले मागेको शक्ति भनेको संघीय समाजवादी फोरम नेपाल नै हो भनि जिकिर गरेका छन् l थप प्रसंग जोड्दै उहाले भन्नु भयो संवैधानिक व्यावस्थामा आएको जटिलता नसच्याए सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन हुन नदिने र जनताले प्रतिकार गर्ने वताउनु भएको छ l
नागरिकता, रास्ट्रिय सभामा प्रतिनिधि, भाषा, र धारा २७४ लाई संशोधन गरि सीमांकन सम्वन्धि स्थायी प्रकृतिको आयोग निर्माण यदि सरकारले गर्ने तत्परता देखायो भने निर्वाचनमा सहभागी हुने पनि उहाले बताउनु भयो l सम्मेलन बाट बिना राईको अध्यक्षतामा २५ सदस्य समिति सर्वसहमति निर्वाचित भएका छन्, l
Facebook Comments