Loading...
हात्तीको  आक्रमणमा परि सात जना घाइते, दुईको अवस्था गम्भीर

अजय भगत
हनुमाननगर, २२ चैत । कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा सात जना घाइते भएका छन् ।
मङ्गलवार विहान करिब दश बजेको समयमा बजारभित्र प्रवेश गरेको जङ्गली हात्तीको आक्रमणबाट सङ्गीत साह (बौना), रोशन झा, कालीचरण दास, नविना खातुन, सञ्जय साफी, ईर्साद अली र बसन्त मण्डल घाइते भएका हुन् । घाइतेहरुमध्ये रोशन र सञ्जयको अवस्था गम्भीर रहेकोले थप उपचारकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । अन्यको उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ ।
हात्ती आक्रमणका कारण बजारमा भागाभाग भएपछि बजार समेत बन्द गरिएको छ । भागाभागको अवस्था रहेकोले हात्ती आक्रमणमा परी घाइतेहरुको बढ्नसक्ने ईलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । हात्ती गोबरगाढा टापुतर्फ लागेको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।

newstoday

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *