Loading...
भोट माग्ने बेलामा मधेसको कुरा बोल्ने काँग्रेस–एमालेका बहुरुपिया मधेसी नेताहरुलाई जनताले चिनिसकेको छ – महन्थ ठाकुर

वीरगंज, चैत २१ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यले आफनो विभेदकारी रवैया न सुधारे मधेश नेपाल बाट अलग हुन सक्ने चेतावनी दिएका छन । बाराको प्रसौनीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने,‘ मधेस आफैंमा एउटा राष्ट्र हो । मधेस विना नेपालको कल्पना समेत गर्न सकिन्न, तर सरकारी रबैयाले अहिले मधेसी गुमाइ सकेको अवस्था छ । यस्तै विभेदपूर्ण अवस्था रहिरहे मधेस नै गुम्न सक्ने अवस्था आउन सक्छ ।’
उनले संविधान संशोधनविना हुने कुनैपनि चुनाव नमान्ने बताउर्दै मधेसको सबै माग पुरा नगरी हुने चुनाव आफुहरुलाई अमान्य रहेको स्पष्ट पारे । सरकार बन्दुकको बलमा चुनाव गराउने तयारीमा रहेको उल्लेख गर्दै ठाकुरले सरकार बन्दुकको बलमा जबरजस्ती चुनाव गराउन खोजे मधेसी जनताले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिएका छन ।
काँग्रेस–एमालेमा रहेका मधेसी नेताहरु भोट माग्ने बेलामा मात्रै मधेसको कुरा बोल्ने तर अधिकारको कुरा गर्दा मौन बस्ने गरेको भन्दै उनले त्यस्ता बहुरुपिया मधेसी नेताहरुलाई मधेसी जनताले चिनिसकेका टिप्पणी समेत गरेका छन । केही दिन यता सरकारले मधेसी मोर्चासंग सहमति भएको भनेर निराधार हल्ला चलाएको भन्दै अध्यक्ष ठाकुरले सरकारसँग कुनै त्यस्तो सहमति नभएको प्रष्ट पारे। व्यक्तिमाथि हुने खतरालाई राष्ट्रिय खतरा मानेर शासक वर्गले देशलाई अल्झाउने काम मात्र गरेको अरोप उनले लगाए।
संसदमा संविधान संशोधनको विषयले भन्दा पनि सरकार कसरी टिकाउने भन्ने विषयले अहिले बढी महत्व र प्राथमिकता पाएको ठाकुरले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *