Loading...
भारतीय जलसेनाका टोली किन आए नेपालमा ?

काठमाडौं । भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको सो टोलीले जानकारी दिएका छन् । आरोहण टोलीका संयोजक सञ्जयकुमार कुलकर्नीले २४ जनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएका छन् । उनले भने, “हामीहरु ‘सागरदेखि सगरमाथा’ भन्ने मूल नाराका साथ सगरमाथा चढ्न लागेका हौँ ।” यसभन्दा पहिले सन् १९६५ र सन् २००४ मा भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गरेका थिए । उनीहरुलाई नेपालस्थित भारतीय दूतावासले आजै बिदाइसमेत गरेको छ ।

उनले मङ्गलबार काठमाडौँदेखि जिरी सवारीसाधनमा जाने र त्यहाँबाट पैदल हुँदै सगरमाथा बेसक्याम्प जाने बताएका छन् । नेपाली पर्यटकीय पदयात्री मिङ्मा शेर्पाको नेतृत्वमा उनीहरु सगरमाथा जान लागेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *