Loading...
मधेस समता पार्टी नेपालको वीरगंज नगर अध्यक्षमा अकलेश साह चयन,वीरगंजलाई राजधानी नबनाइए कडा आन्दोलन गर्ने साहको चेतावनी
वीरगंज,चैत्र २२
मधेस समता पार्टी नेपालको वीरगंज नगर अध्यक्षमा अकलेश कुमार साह चयन भएका छन । पार्टीको पर्सा जिल्ला कार्यलय श्रीपुरमा आज बसेको भेलाले  साहको नेतृत्वमा  २१ सदसीय  नगर कमिटी गठन गरेको हो । नव गठित कमिटीको उपाध्यक्षमा रोशन केसरी, सचिव संजित पाण्डे, सहसचिव नितेश वर्णवाल,कोषाध्यक्ष संजय गुप्ता, सदस्यहरुमा संजित गुप्ता, रोशन कुशवाहा, समिर हुसेन, जावेद हुसेन,राहुल पटेल, श्याम शर्मा, तानिया थापा, मधु कुमारी गुप्ता, शारदा पोखरेल, प्रकास साह कानु, अमित अर्याल, सहिम अंसारी, बिशाल यादव, सुरज कुमार साह ,प्रदिप कुशवाहा, कर्ण पटेल रहेका छन ।
मधेस समता पार्टीका राष्ट्रिय अध्यक्ष मेघराज निसादको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा केन्द्रिय उपाध्यक्ष तेजप्रकास निषाद, पर्सा जिल्ला अध्यक्ष सुनिल कुशवाहा  लगायतको उपस्थिती रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष निषादले सरकारले ल्याएका नयाँ सरचना आफुहरुलाई मान्य नभएको बताएका थिए ।
यसैगरी कार्यक्रममा बोल्दै वीरगंज नगर अध्यक्ष अकलेश कुमार साहले देशकै आर्थिक नगरीको रुपमा प्रचलित वीरगंज शहरलाई प्रदेश नं. २ को राजधानी बनाउनुपर्ने कुरामा जोड दिएका थिए । नगर अध्यक्ष साहले मधेस आन्दोलनको केन्द्र बिन्दु समेत रहेको वीरगंज शहरलाई राजधानी नबनाइए आफुहरु कडा आन्दोलन  गर्ने चेतावनी दिनुभएको थियो । युवा देशको मेरुदण्ड भएकाले युवाहरुलाई देशमै रोजगारीको अवस्था सिर्जना गर्न सरकार संग जोडदार माँग समेत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *