Loading...
सीमांकनको विषयलाई तत्काल थाती राखेर निर्वाचनमा जाने कुरा महतोदवारा ठाडै अस्वीकार

२२ चैत, भैरहवा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले संविधान संशोधनविनै निर्वाचन गराए मुलुकमा महाभारत हुने बताएका छन् । उनले मधेशी मोर्चा ला बी पास गरेर निर्वाचन गराए मधेसमा असहयोग आन्दोलन गर्ने चेतावनी दिँदै मोर्चाको मागप्रति सकारात्मक हुन सरकारलाई आग्रह समेत गरेका छन् । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा महतोले मधेसी मोर्चाको माग पूरा भए मोर्चा नै एक ढिक्का भएर निर्वाचनमा सहभागी हुने समेत स्पस्ट पर्नु भएको छ । महतोले भने, ‘ हामी पनि निर्वाचन चाहन्छौ, तर पहिला संविधान संशोधन गरेर मात्र निर्वाचन गर्नुपर्छ ।’

सीमांकनको विषयलाई तत्काल थाती राखेर निर्वाचनमा जाने कुरा लाइ नेता महतोले ठाडै अस्वीकार गरेका छन् । तीन दलले जे मन लाग्यो त्यही गर्न खोज्ने कार्य गलत रहेको भन्दै देश दुर्घटना मा जाने समेत बताएका छन् । उहाले मोर्चाले समस्या समाधान गर्न चाहेको तर सरकारले सहमतिगर्न नचाहेको आरोपसमेत लगाउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *