Loading...
छानीछानी थारुहरूको घरहरू र सम्पत्तिहरू जलाइयो…सरकारको जातीवादी र नश्लवादी रवैया

नेपालको राजनीतिक इतिहासमा सम्वत् २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एउटा अप्रिय घट्ना भएको अवगत नै छ । घट्नामा सुरक्षाकर्मी र थारुहरूको ज्यान गएको थियो, जुन दुःखद कुरा हो । तर, घट्ना पछि मानवअधिकार संस्थाहरू (राष्ट्रिय मानवअधिकार आयोग, एमनेस्टी इन्टरनेसनल) लगायतले थारुहरूमाथि ज्यादती, अमानवीय र विविधखाले मानवअधिकारको हनन् भएको तथ्यहरू सार्वजनिक पनि भयो ।

तर, १९ महिना बितिसक्दा पनि ५०० भन्दा बढी थारुहरू बिस्थापनमा छन् । २५ जना थारु युवा नेताहरू कैलालीको धनगढी कारागारमा जेल जीवन बिताइरहेका छन् । अझै थारुहरू डर, त्रास र शंकामा बाँचिरहेका छन् ।
नागरिकको राजनीतिक अधिकारलाई उपयोग गर्दै पहिचान र अधिकार प्राप्तिका लागि लडेका सबै थारुहरूप्रति श्रद्धा व्यक्त गर्दै ती थारुहरूमाथि लगाइएको झूठा मुद्धाहरू राज्य सरकारले अझै फिर्ता लिएको छैन । तर अर्कोतिर सुरक्षाकर्मीले कफर््यू लगाएको बेला छानीछानी थारुहरूको घरहरू र सम्पत्तिहरू जलाइयो । तर ती जलाउनेहरू एउटालाई पनि सरकारले कारबाही गरेको खबर आउँदैन । यही हो, सरकारको जातीवादी र नश्लवादी रवैया । सरकार सबैको हुनुपर्ने तर एउटै नश्ल र जातिको पक्षपोषण गरिरहेको छ । यसलाई भत्काउन उत्पीडित, उपेक्षित, बहिष्कृत र सीमान्तकृत जाति समुदाय सचेत हुन जरुरी छ । अरुका लागि होइन, अब आफ्नै लागि लड्नका लागि पनि सचेत हुन जरुरी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *