Loading...
मधेशीलाइ कदर नगर्ने एमाले मधेसविरोधी भन्दै  चर्चित नेता साहद्धारा एमाले परित्याग,एमालेमा खलबली

सरोज खिलाडी

२३,चैत,काठमाडौं । नेकपा एमाले बाराका प्रभावशाली नेता बिनोद साहले राजीनामा दिनु भएको छ । बारामा एमालेका खम्बाका रुपमा मानिने प्रभावशाली नेता बिनोद साहले पार्टीबाट अचानक राजीनामा दिएपछि एमालेमा खैलाबैला मचेको छ । एमाले मधेसविरोधी पार्टीभएको र मधेशीलाइ कदर नगरेको र मधेशको सवालमा विभेदकारी चरित्र प्रदर्शन गरेको उहाले आरोप लगाउनु भएको छ । साह बारा उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । साह एमालेबाटै कलैया नगरपालिकाको उपमेयर जितिसकेका छन् । उनी दुई कार्यकालदेखि बारा उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहेका छन् । नेकपा एमालेको २ नम्बर प्रदेश सदस्य समेत रहेका साह यसअघिको संविधानसभा निर्वाचनमा जम्मा एघार सय मतले हारेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *