
सुदन अधिकारी गोरखा
सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो । दुई दशकपछि स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक सरकारी कामहरु आफ्नै घरआँगनमा बसिबसि पाउँदा तिनले बिर्सनेछन् बिगतका कयौं कठिनाइ । संबिधान बनेपछिको देश संबिधानसभाबाट संबिधान बनाउने दशकौं अघिदेखिको नेपाली जनताको सपना साकार हुनै लाग्दा नयाँ संबिधानले आफूहरुलाई बिभेद गरि दोस्रो दर्जाको नागरिक बनाएको भन्दै आधा बढि जनसंख्या रहेको तराई मधेश आन्दोलनमा होमियो । पहाडिया शाषक बर्गले गर्दै आएको दमन र छलछाम अत्यका लागि भन्दै मधसी जनतालाई आन्दोलनमा होमिन एउटा पक्षले उर्दी जारी गर्यो । यसमा अलिकति भर ,अलिअलि डर अनि थारै रहरले काम गरेको थियो । घरभित्रका दाजुभाइ बीच मतभेत भएको मौकामा छिमेकीले हाम्रो आन्तरीक मामलामा हस्तक्षेप गरि नाकाबन्दीसम्म गर्नसमेत पछि परेन । परिणाम स्वरुप हामी सम्पूर्णले केहि महिना ज्यादै कस्टप्रद समय बिताउन बिवश भयौं । भूकम्पपछि बल्लबल्ल उठ्न खोज्दैगर्दा हामीलाइ छिमेकीले दिएको त्यो पीडा हाम्रा कयौं पुस्ताले चाहेरपनि बिर्सन सक्दैनन् ।
धेरै लामो रस्साकस्सी पछि अन्तत वार्ता र संवादबाट समाधान निकाल्ने अन्तिम तयारी हँुदैगदा एमाले केहिगरि सहमत हुन सकेन । आफू सत्ताबाट बाहिरिनुपरेको प्रसब पीडामा रहेका केपी ओलीको बालहठले देश अनिर्णयको बन्दी बनिरहने जोखिम भयो । अन्तत,प्रचण्ड सरकारले संसोधन प्रस्ताब संसदमा लैजाने निर्णय गर्यो । तर एमालेले बिरोध जनाउँदै संसद अबरुद्ध गरिरह्यो । फलस्बरुप, प्रस्ताब अहिले लावारिसे अबस्थामा छ भने मधेसी मोर्चा चुनाब बहिस्कार गर्ने धम्की दिइराखेकाछन् । तर ,प्रचण्ड सबैलाई मिलाएर चुनाब गर्न ढृढ देखिन्छन् । बास्तबमा देश अब चुनाबको मुखमा अग्रसर भइसकेको छ । एमालेको नालायकिपन पार्टी नेतृत्वमा आएपछि केपी ओलीले कयौं विवादास्पद निर्णय गरेका छन् । तराईको समथर भूमिलाइ बिहार भन्ने,धोती लगाउने सबै सिमापारबाट आएका हुन् भन्न एमाले अध्यक्ष केपी ओलीलाइ कुनै साइत चाहिँदैन । बारम्बार बिनाकुनै प्रमाण आफूहरुलाई अपमानित गरेकाले क्षमा नमागेसम्म आउन नदिने भन्दा उल्टै गुन्डा शैलीमा उत्रिइ रवाफ देखाउँदा तिनलाइ अलिकति लज्जा महसुस हुँदैन ।
मधेशमा कालो झण्डाले “स्वागत” गर्दापनि आफूहरु पहिलो दल हुनेछौं भनि भाषण गर्न असजिलो मान्दैनन् ओली । पहिचान र अधिकारका कुरालाइ हाउगुजी ठानी संघियता, धर्मनिरपेक्षता र समाबेशि लोकतन्द्रलाई पुर्निबचार गर्नुपर्ने हास्यासापद माग राख्ने एमालेको रबैया देखेर सचेत नेपाली चिन्तित छन् र सोधिरहेछन् , जब जब मधेसीलाई अधिकार दिने सवाल आउँछ ,तब एमालेलाइ अन्धो राष्ट्र«बादको हाउगुजीले कसरी छोपिहाल्छ ? किन एमाले नेपाली समाजको आधाबढी हिस्सा ओगटेको मधेसलाई नजरअन्दाज गरि पहाडबाट भावनात्मक बिखण्डन गराउन उद्यत छ ? काठमाण्डौंलाइ सधैं आफ्नो ठानेर पुज्ने मधेसीलाइ किन एमालेले मूलधारको राजनितीबाट धकेल्दै छ ? वा यहाँबाट धकेलेर कहाँ पगुन् भन्ने चाहन्छ एमालेले ? मधेसीलाई काठमाण्डौंबाट अलग पार्न उद्यत एमाले आखिर कसको स्वार्थअनुसार परिचालित छ ? आफ्नो रवैयाले तराईमा हुर्किरहेको सिके राउत प्रबृतीलाइ मलजल भइरहेछ भन्ने हेक्का एमालेलाइ किन छैन ? अँध्यारा रातमा बिभिन्न शक्तिकेन्द्रसँग मोलमोलाइ गर्ने एमालेजनले कुनै छिमेकीसँग जोडघटाउ नमिल्दाको रिस पोखि बर्षाैंदेखि सिमानाका रक्षक रहेका मधेशी समुदायलाइ किन बारम्बार अपहेलित गरिरहन्छ ? यी र यस्ता कयौ प्रश्नको उत्तर खोजी असन्तुष्टलाई तार्किक सन्देश दिन जति ढिला हुनेछ , नेपालमा अस्तिरता अझै बढ्नेछ । बहुजातिय ,बहुभाषिक र बहुसांस्कृतिक देश भनेर सबैले स्वीकार गरिसकेको अबस्थामा एउटा बर्ग अझै दौरा सुरुवाललाई राष्ट्रिय पोशाक बनाउनुपर्ने हावादारी माग अगाडि सार्छ तर यहि देशका मधेसी दाजुभाइले लगाउने धोतीलाइ उ पोशाक नै मान्दैन र मधेसीले दौरा सुरुवाल लगाउने वातावरण सृर्जना गर्न पनि तयार हुँदैन । बिश्वनै एक परिवार बन्न प्रयत्न गरिरहँदा किन हाम्रो दाजुभाइलाइ महेन्द्रकालिन राष्ट्रियताको धङधङी देखाएर ‘अनागरिक’ बनाउन उद्धत छ समाज ? फेरी पनि बडो शान्दर्भिक र स्वभाबिक प्रश्नले हामी सबैलाइ पिरोलिरहन्छ ।
राजनीतिक दलको अमुक स्वार्थपूर्तीका लागि किन सोझा जनता सधैं बलिको बोका बनाइन्छ ? आफूलाइ राष्ट्रबादी देखाउन अरुलाइ राष्ट्रघातीनै देखाउन पर्ने यो काइते राजनीतिको अन्त्य कहिले होला ? नेपालको राजनीतिक इतिहासमा आफूलाई सगौरव एकमात्र ‘अबसरबादी दल’ भन्न रुचाउने एमाललाई सत्ता र निहित स्वार्थकालागि गरिने धोकाहरु भाडाकुँडी खेल भन्दा पनि कच्चा लाग्छन् । सारा जनता राजतन्द्रबिरुद्ध सडकमा आउँदा एमाले नेतृत्वले सत्तामा पुग्नकै लागि राजालाइ बिन्तीपत्र पेस गर्न हरसम्भब नाजायज कोसिस गरेका इतिहास कसैको स्मृतीबाट चाँहदैमा हट्दैन । सम्पूर्ण देशभक्त नेपालीले गलत भनेको महाकाली सन्धी गर्ने एमाले नेतृत्वलाइ कुनै हिनताबोध महसुस हुँदैन । आफ्नो सत्ता लम्बाउन अनेक हत्कण्डा अपनाउने एमालेलाइ सरकारबाट बाहिरिनुले यस्तो चोट दिएको छ कि आफैंले ल्याएको प्रस्ताबमा उसले अहिले अन्त कतैबाट आयतित होे भ्रम छरिरहेछ । आधा आकाश ओगटेका महिलालाइ सम्मानजनक स्थान दिन सवालमा एमाले सधैं अड्चन थाप्छ । दलित ,जनजाती र पिछडा बर्गलाइ बिशेधिकार दिन एमाले पटक्कै तयार हुँदैन । किनकी एमाले चाहन्छ ,चुलो चौकाका अध्याँरो चौघेराभित्र खुम्चिएका महिला कहिल्यै बाहिर नआउन् । रक्सी कहिल्यै नखाने राम परीयारलाइ सधै भट्टीमा बास बस्ने सुदन अधिकारीले ‘दलित’ भएकै कारण आफ्नो घरभित्र पस्न अबरोध सिर्जना गरिरहोस् ।
आफू जीन्दगीभर साहुको हलिया बसेर खेत खन्दैगर्दा मुत्यु भएको काले सार्कीजस्ता हजारौका सन्ततीले पनि आफ्नै बाबुको नियति भोग्न परोस् । एमाले यो सब चाहन्छ किनकी सर्वाहाराको उत्थानमा उसले आफ्नो भबिष्य कहिल्यै देखेन । प्रश्न गंभिर रुपमा आउँछ ,एमालेको यो दुस्प्रयास कहिलेसम्म नेपाली समाजले सहिरहने ? राजनीतिका स्वर्णिम उपलब्धिमा प्रत्यक्ष भूमिका खेल्ने नागरिकहरुले यसमा जवाफ कसरी दिने ? नेपालको इतिहासकै राष्ट्रधाती पार्टीले ब्याक्तिगत हितलाइ तिलाज्जली दिएर आफ्नो सम्पूर्ण जीन्दगी देश र जनताकालागि सर्मपण गरेका प्रचण्ड र माओबादीलाइ राष्ट्रबिरोधि भनिरहँदा तिनमा अलिकति बाँकी रहेको इज्यत कहाँ गयो होला ? जबजको सित्दान्तलाइ ब्यबहारमा कहिल्यै उतार्न नचाहने एमालेले सपनामा आइरहने मदन भण्डारीलाइ के जवाफ दिन्छन् होला ? एमालेले बजाएको राष्ट्रीयताको बेमौसमी बाजाको प्रतिफल अबस्य एकदिन भोग्नेछ । आफ्नो क्षणिक राजनीतिक फाइदाका लागि सिंगो समुदायको उछितो काड्ने एमालेलाइ नेपाली जनताले पाठ सिकाउनै पर्छ । कुनै बिदेशिले दौरा सुरुवाल लाउनेबित्तिकै आफ्नै दाजुभाइ देख्ने एमाले नेतृत्वले कछाड बेरेका मधेसीलाई किन नेपालीसम्म पनि देख्दैन ? शहरका बन्द कोठाभित्र बसेर राष्ट्रियताको चर्को दुहाइ दिने एमाले किन बुझ पचाइरहेछ ,१९५० पछि बेचेको नेपालका भूभाग कसको कारणले आजसम्म हाम्रै रहेको छ ? अबको बाटो जीन्दगीभर नेपाली हुनुको प्रमाण पेश गर्न बिवश मधेसी जनताले कारक तत्वलाइ केलाइ पन्छाउन ढिलाइ गर्नुहुन्न । जनजाती ,थारु ,दलितले आफूहरु पछि पर्नुको मूल जरा खोज्नैपर्छ । आधा आकाश ओगटेका महिलालाई समान हैशियत दिन अन्काउने पक्षलाइ परात्त गर्नेपर्छ । यी सबैको कारक तत्व एकै हुन् जो सर्बहाराको उत्थानमा कहिल्यै आफ्नो भबिष्य देख्दैन ।
हावादारी सपना बाँडी जनतालाइ भ्रममा राख्नु नै यिनको मूल उदेश्य बनेको छ । इतिहासमा अक्सर एउटाले लगाएको बालीको फल अर्कैले खान खोज्छ । अहिले पनि हजारौंको बलिदानबाट आएको उपलब्धिलाइ काङ्ग्रेस ,एमालेले आफ्नै जसरी प्रस्तुत गरि सुत्रधार माओबादलिाइ बाहिर राख्ने दुस्प्रयास गर्दै छन् । तर ढुक्क होऔं ,एमालेले बाँडेका सपनाहरु यति कमसल छन् कि सानो हावाहुरीले पुरा सखाप पार्नेछ । यदि हावा चलेन भने पनि ती एकदिन पानीको फोकासरी पुटेर हराउँनेछन् । अर्कातिर प्रचण्डले हामी सबैको सपनालाइ बिश्वासमा परिणत गर्नेक्रममा यस्तो सफा ,निश्चल,पबित्र अनि मजबुत गोरेटो बनाएका छन् कि हामीलाइ कयौं बर्षसम्म यसले हार्दिकता पैदान गरिरहनेछ । बेलाबखत मलजल गर्न सके हामीले यसको ब्याज कयौं दशकसम्म पाइरहनेछौं । समय बदलिएको छ । परिस्थिति बदलिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा,जनता बदलिएका छन् । देशलाइ अबगतिमा धकेल्ने शक्तीलाइ नेपाली जनताले पहिचान गरिसकेका छन् । यसको नतिजा अबको स्यानिय चुनाबमा अबस्य देखिनेछ । मधेसी,जनजाती ,थारु ,दलित तगायत अन्य कयौं पिछडा बर्गले एमालेको नाटकलाइ धेरै देखिसके । खस आर्य बर्गले अरु जातीलाइ गरेको बिभेद स्वीकार गरि अगाडि बढ्ने प्रण गरिसके । मतलब,एमालेलाइ जसरीपनि पाठ सिकाउने प्रण गरिसके । यसर्थ ,आगामी स्थानीय चुनाबनै हामी सबै मिली एमालेलाइ परात्त गर्ने सुन्दर सुरुवात हो । नेपालभित्रको नेपालीको अस्तित्व नस्वीर्काने तत्वलाइ परास्त गर्नुबाहेको अरु बिकल्पै कहाँ छ र । (यो लेखकको नीजि बिचार हो ।)
(newssewa.com बाट साभार गरिएको )
Facebook Comments