Loading...
गजेन्द्र बाबू सत्य,अहिसा,सद्भावको प्रतिमुर्ती सहमहासचिव सुरेन्द्र कुर्मी 
बिरगंज,चैत २३
मधेसवादका पिता एवं सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिहको ८९ औ जन्म जयन्तीको अवसरमा सदभावना पार्टी बिरगंज नगर कार्य समितिद्वारा आज विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ। बिरगंज आदर्श नगर स्थिति आमाको माया छात्रावासमा रहेका करिब २० जना असहाय,अनाथ बच्चाहरुलाई फलफुल र खानेकुरा बितरण गरि जन्म जयन्ती मनाइएको छ। पार्टीका बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पार्टीका सह-महासचीव अधिवक्ता सुरेन्द्र कुर्मीले सम्बोधन गर्दै गजेन्द्र बाबू सत्य,अहिसा,एवं सदभावको प्रतिमुर्ति रहेको र वहाँको बिचार,सिद्धान्त र आदर्श आज पनि सान्दर्भिक रहेको जिकिर गरे।गजेन्द्रबाबू मधेसवादका अवाज उठाउदा आफूलाई मात्रै कष्ट हुने तर आम जनताको धनजनको छती हुने गरि कुनै पनि आन्दोलनको पक्षधर नरहेको सम्झना गराए।गान्धी आन्दोलनमा सिफाहिको रुपमा सक्रिय गजेन्द्र बाबू नेपालमा पनि गान्धीवादी सिद्धान्तलाई नै सधै अनुसरण गर्ने गरेको बताए। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य निजामोदिन समानीले अहिले घोषणा गरिएको निर्वाचन मधेस बिरोधि रहेकोले मधेस माग सम्बोधन बिना मधेसी जनता स्वस्फूर्त रुपमा बहिस्कार गर्ने दावी गरे। गजेन्द्रबाबू समाजिक आन्दोलन का पनि अगुवा रहेकोले बिरगंज नगर कार्यसमिति पनि विभिन्न समाजिक अभियानहरु संचालन गरि वहाँको सपना सकार गर्ने बाटोमा लगेको जिकिर गरे।
कार्यक्रममा छात्रावासका अध्यक्ष समाजसेवी भवरलाल पारिख,महिला मञ्चकि जिल्ला अध्यक्ष रेखा साह,सदभावना पार्टी क्षेत्र न।१ का संयोजक किशोरी कलवार,नगर उपाध्यक्ष द्वय सुरेश साह कानु,दिपक साह,सह(कोषाध्यक्ष रेखा वर्नवाल,सदस्यहरु प्रकाश सरार्फ,अकास गुप्ता,वडा न।४ को एकाइ उपाध्यक्ष रिजिवी खालिद,युवा समाजसेवी मनिष वर्नवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण नगर कोषाध्यक्ष पन्नलाल पटेलले गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *