Loading...
रामनवमीको उपलक्ष्यमा श्रीपुरमा हनुमान मन्दिरको शिलान्यास
वीरगंज,चैत्र २३,राकेश साह
वीरगंज उपमहानगरपालिका वडा नं. १४ श्रीपुर नयाँ टोलमा आज एक कार्यक्रमका बिच हनुमान मन्दिरको शिलान्यास गरिएको छ । रामनवमी पर्वको उपलक्ष्यमा गरिएको मन्दिर शिलान्यास कार्यक्रमलाई पर्साका विभिन्न राजनितिक दलका सांसद, नेता, उद्योगी ,समाजसेवीहरुले सामुहिक रुपमा शिलान्यास गरेका थिए ।
 हनुमान मन्दिर निर्माण समितीका अध्यक्ष शिव पटेलको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा सदभावना पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्ण, नेपाली काँग्रेसका सांसद अनिल रुगटा,तमलोपाका सांसद रमेश पटेल,वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्मा, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारी,सदभावना पार्टीका सहमहासचिव सुरेन्द्र कुर्मी, समाजसेवी बिजय सरावगी,नेकपा एमालेका नेता सुन्दर कुर्मी, वीरगंज उपमहानगरपालिकाको योजना अधिकृत प्रकास अमात्य, हिन्दु परिषद नेपालको केन्द्रिय अध्यक्ष एवं ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे, नेपाल सदभावना पार्टीका पर्सा अध्यक्ष कृष्णा पटेल ,नेपाली काँग्रेसका अरबिन्द गुप्ता,लगायतकाले आ आफनो मन्तव्य व्यक्त गरेका थिए ।
आठ धुर जग्गामा निर्माण हुन लागेको मन्दिरको अनुमानित बजेट २६ लाख रहेको र सो मन्दिर निर्माणको  लागि  जिविस पर्साबाट ३ लाख सहयोग प्राप्त भएको मन्दिर निर्माण समितीका संयोजक शिव पटेलले जानकारी दिए । साथै पटेलले मन्दिर निर्माण समितीका प्रत्येक १७ सदस्यहरुले ११ हजारको दरले समेत सहयोग गरेको बताए । अध्यक्ष पटेलले मन्दिर निर्माणमा सम्पुर्ण दानवीर समाजसेवीहरुलाई सहयोग गर्न आग्रह गरेका छन ।
कार्यक्रममा प्रेस मंच नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेल,सदभावना पार्टीका जिल्ला सचिव धर्मेन्द्र पटेल,वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, हनुमान मन्दिर निर्माण समितीका सचिव लक्ष्मण साह, कोषाध्यक्ष सीमा देवी,सदस्यहरु ललन साह, दिपेश पाण्डे,हरेराम साह,श्रीराम गिरी, देवानन्द यादव, संचारकर्मी आरके पटेल, राकेश साह, नेहाल खान, दिपक चौरसिया लगायत स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य समितीका सचिव लक्ष्मण साहले गरेका थिए भने कार्यक्रमको सहजीकरण दिनेश साहले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *