Loading...
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्माद्वारा पतंजली योग समिती पर्साको कार्यलय उदघाटन
वीरगंज, चैत्र २३ ,राकेश साह
पतंजली योग समिती पर्साको कार्यालय आज एक कार्यक्रमका बिच वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं पुर्व सभासद ओमप्रकास शर्माले गरेका छन । वीरगंज उपमहानगरपालिका वडा नं. १४ श्रीपुर  स्थित राधेमाई बिद्यालय प्रांगनमा रहेको कार्यलयको रिबिन काटी प्रमुख अतिथी शर्माले उदघाटन उदघाटन गरेका हुन  । सो अवसरमा कार्यालयमा हिन्दु बिधि अनुसार पुजा अर्चना समेत गरिएको थियो ।
पर्सा जिल्ला अध्यक्ष नसिबलाल सेठको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा  नारायणी अंचल प्रभारी किसोरी कलवार,चितवन जिल्ला महामन्त्री श्रीकान्त काफले, नारायणी अंचल महिला प्रभारी शुशिला काफले,नारायणी अंचल युवा प्रभारी होमराज थपालिया, क्षेत्रिय प्रभारी कविता थपालिया, ,महिला शिक्षक शुशिला देवी, महिला अध्यक्ष  रंजु उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी कार्यालय उदघाटनको पुर्व सन्ध्यामा आजै बिहान चित्र गुप्त मन्दिर माईस्थानबाट पंतजली योग समितीका पदाधिकारीहरुले  रयाली समेत निकाले थिए । रयाली वीरगंज नगर परिक्रमा गर्दै श्रीपुर स्थित राधेमाईमा रहेको कार्यालयमा पुगेर समापन भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *