
सरोज खिलाडी
संघिय समाजबादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाइ दुइ जिब्रे प्रधानमन्त्री भएको आरोप लगाउनु भएको छ। बुधबार प्रधानमन्त्री पुष्प कमल दाहालसंग संबिधान संशोधन बारे छलफल गर्न बालुवाटार पुग्नु भएका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रचण्ड मिण्टौमा कुरा फेर्ने संसारको पहिलो प्रधानमन्त्रि भएको समेत भन्नु भएको छ । उहाले भन्नु भयो – ” कहिले संबिधान संसोधन गर्छु भन्ने त कहिले ५ बुंदे सहमति त कहिले भोलि त कहिले पर्सि भन्दा भन्दै अहिले सम्म संबिधान संशोधन नगरेर प्रधानमन्त्री प्रचण्ड नाटक मन्चन गरिरहेको छ । ” संबिधान कहिले संसोधन हुन्छ त भन्ने पत्रकारहरुले गरेको प्रश्न को उत्तर दिदै सह- अध्यक्ष राजेन्द्र श्रेष्ठले भन्नु भयो- त्यो कुरो कसै लाइ थाहा छैन । प्रचण्डजीले कहिले इंडिया जानु अगाडि नै गर्छु भन्दा भन्दै अहिले सम्म झुल्लाई राख्नु भएको छ यो मधेशी, जनजाति हरुसंगको बैमानी हो ।
Facebook Comments