Loading...
पूर्वराजाका नातिको भोज खान राजेन्द्र महतो सोल्टी होटलमा

२४ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध-भोजमा सहभागी हुन मधेसी मोर्चाका नेता राजेन्द्र महतोदेखि लिएर मन्त्री एवं विभिन्न दलका नेताहरु सहभागी भएका छन् । पूर्वराजाका नातिको ब्रतबन्ध चैत १७ गते निर्मल निवासमा सम्पन्न भएको थियो । तर ब्रतबन्धको भोज आज बिहिबार सोल्टी होटलमा आयोजना गरिएको छ । सोल्टी होटलमा आयोजना गरिएको ब्रतबन्धको भोजमा देशका मन्त्री एवं राष्ट्रपति सम्मले सहभागिता जनाएका छन् । यसअघि शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा ज्ञानेन्द्रले निम्तो मानेका थिए । त्यसैले होला उनी पूर्वराजाका नातिको ब्रतबबन्धमा पुगेकी हुन् । भोजमा चलचित्रकर्मी महानायक राजेश हमाल पनि सहभागी भएका छन् ।

photo: onlinekhabar baat

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *