Loading...
निधि र थापा बीच उत्पन्न उपप्रधानमन्त्रीको वरियता विवाद अझै मिलेन, मन्त्रिपरिषद्को अर्को बैठक आइतबार बस्ने

२४ चैत, काठमाडौं । उपप्रधानमन्त्रीको वरियता विवाद नमिल्दा आजको लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । अर्को बैठक अब आइतबार मात्र बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र स्थानीयविकास मन्त्री कमल थापाबीच शुरु भएको बरियता विवाद पछि मन्त्रिपरिषद्को बैठक अहिले सम्म बस्न सकेको छैन । सरकारमा कांग्रेसको नेतृत्व गरेका निधि प्रचण्ड सरकारमा दोस्रो वरियतामा थिए । प्रधानमन्त्री भारत गएका बेला निधि ले नै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर, पछिल्लो पटक राप्रपा अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकासमन्त्री बने पछि अहिले सम्म वरियता को बिबाद कायम नै छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *