
काठमाडौं, २४ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूलाई बाइ पास गरेर कमल थापालाई वरिष्ठ उपप्रधानमन्त्री बनाए आफूलाई कुनै पनि हालत मा मान्य नहुने चेतावनी दिएका छन् । संसदको सबै भन्दा ठूलो दल कांग्रेसको नेता भएको र सरकार गठनदेखि नै आफू वरियतामा माथि रहदै आएका ले कायम रहनुपर्ने निधिको अडान छ । निधिले आफूलाई तल पारिए राजीनामा दिने खबरहरु समेत आइरहेका छन् । आज (विहिबार) मन्त्रिपरिषदको नियमित बैठक बस्न लाग्दा को हो वरिष्ठ उपप्रधानमन्त्री भन्नेबारे बहस हुन लागे पछि निधिले आफूलाई तल पारिए स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
Facebook Comments