Loading...
कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आज बस्दै

काठमाडौं, २५ चैत । आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सम्बन्धमा छलफल गर्न आज नेपाली कांग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । समितिको बैठक आज दिनको चार बजे बस्ने पार्टी सचिवालयले जन्नाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले हालसम्म के कस्तो कार्य गरेको बारेमा छलफल हुनेछ । यसैबीच ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बिहीबार स्थानीय तह निर्वाचनको लागि गठन भएको प्रचारप्रसार समन्वय उपसमितिको पहिलो बैठक बसेको थियो । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको उक्त उपसमितिको बैठकले उपसमितिमा थप सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *