Loading...
पूर्व सभासद, क्षेत्रीय अध्यक्ष सहित सैयौँ नेता कार्यकर्ता ससफोमा नेपालमा प्रवेश

सुनसरीमा आज पूर्वसभासद्ले पार्टी परित्याग गरी ससफो, नेपाल (संघीय समाजवादी फोरम, नेपाल) मा प्रवेश गरेका छन् । सुनसरीको क्षेत्र नं. ४ कप्तानगञ्ज र ५ नरसिंहमा ससफो, नेपाल जिल्ला समिति सुनसरीले एकै दिन आयोजना गरेको पार्टी प्रवेश तथा सभामा पूर्वसभासद् र पूर्वगाविस अध्यक्षदेखि सैयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी ससफो, नेपाल प्रवेश गरेका छन् ।

विजय गच्छदार नेतृत्वको ‘नेपाल लोकतान्त्रिक फोरम’ का पूर्व सभासद् मूँगालाल मेहताले पार्टी परित्याग गरी आफूसँगै सयौंको संख्यामा रहेका नेता कार्यकर्तालाई ससफो, नेपालमा प्रवेश गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष शत्रुहन यादवले पनि पार्टीको नीति र सिध्दान्न्तप्रति असन्तुष्टि जनाउँदै भारी संख्यामा नेता कार्यकर्ताहरूको समूह ससफो, नेपालमा प्रवेश गराउन सफल भएका छन् ।
परिमार्जनसहित संविधान संशोधन नभए चुनाव हुनै नदिने उदघोष गरेर आन्दोलनमा होमिएर आन्दोलनसँगै संगठन विस्तारमा सक्रिय रहेका ससफो, नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेता कार्यकर्ताहरुलाई अबीर फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *