
सरोज खिलाडी
उखान टुक्का सुनाउनमा नाम कमाएका प्रख्यात ब्यतित्व हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । खास गरेर उनले हरेक भाषणमा उखान टुक्का सुनाउने गर्छन। तर यता आएर उनले जब मधेशी र जनजाति माथि उखानका टुक्काको बर्षा गरे त्यसपछि उनि धेरै आलोचित पनि हुदै गएका छन् । तर अब आएर संघिय गठबन्धनका संयोजक उपेन्द्र यादवले समेत उखानका टुक्का सुनाउन थालेका छन् । उनले यो उखान अरु कुनै सार्बजनिक कार्यक्रममा नसुनाएर कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको फायर साइड कार्यक्रममा सुनाएका छन् । कार्यक्रमका संचालक भुषण दाहालले सोधेको एक प्रश्नको उत्तर दिदै यादवले भने –
न्यायधिश देखि राजदुतको कुरामा तिनै दल सहमत हुने वा भनौ सहमति मा न्यायाधिश देखि राजदुत सम्म नियुक्त गर्ने तर मधेशी , जनजातिको मुद्धा सुन्ना साथ् तिनवटै दल तिन तिर फर्केर बिरोध गर्ने , यसलाई नै भनिन्छ – काले काले मिलि खाउ भाले । अध्यक्ष यादवले मधेशी जनजाति लगायतका समुदायहरुको आन्दोलन तब सम्म जारि रहन्छ जब सम्म उनीहरुले न्याय पाउदैनन समेत भनेका थिए ।
Facebook Comments