
मूलधारमा महिला फिल्म निर्माताहरुको सहभागिता गराउदै आइवार्ट वोमेनस फिल्म फेस्टिवल हुने भएको छ । यो फेस्टिवल आइवार्ट नेपाल च्याप्टरले गर्न लागेको हो । महिला संचारकर्मीहरुलाइ यो संथाले विभिन्न समयमा अनेकौ ट्रेनिङ्ग दिदै आएको छ । १० वटा देशको फिल्म प्रदर्शन गर्न लागेको यो अवार्ड कार्यक्रम मा भारतबाट समेत फिल्मकर्मीहरु आउन लागेको फिल्म फेस्टिवलका डिरेक्टर मल्लिका भटराइले जानकारी दिनुभएको छ । काठमाडौँ महानगर पालिका द्वारा संचालित मेट्रो एफ एमको मन्थन कार्यक्रममा कुराकानी गर्दै फेस्टिवलका डिरेक्टर भटराइले १० वटा फिल्म मध्ये नेपालमा बनेको ३ वटा फिल्म प्रदर्शन हुने समेत जानकारी दिनु भएको छ । फिल्म फेस्टिवल आउदो सोमबार २८ गते बिहान ९ बजे देखि ५ बजेसम्म चल्ने छ भने कार्यक्रम प्रयटन बोर्डमा निशुल्क हुनेछ ।
Facebook Comments