Loading...
मधेशी मोर्चाका माग ओली र एमालेलाइ अहिले सम्म थाहा छैन !!!

काठमाडौं । सरकारले प्रमुख विपक्षी नेकपा एमालेसामू मधेसी मोर्चालाई चुनावमा ल्याउन सीमांकन बाहेकका विषयमा संविधान संशोधन गर्न सहयोग मागेको छ । प्रधानमन्त्री प्रचण्डसहित माओवादी नेताहरुले शुक्रबार एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् । बालुवाटारमा भेटमा प्रधानमन्त्रीले सीमांकनलाई थाती राखेर संविधान संशोधन गर्ने र मधेसी मोर्चालाई चुनावमा ल्याउने प्रस्ताव राखे ।

‘सीमांकनमा एमालेको गम्भीर आपत्ति हो । त्यसलाई छाडेर अरु विषयमा संशोधन गर्न सहमति गरौं भनेर हामीले भन्यौं’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । सीमांकनका विषयलाई सम्बोधन गर्न भने संघीय आयोग बनाउने प्रचण्डको प्रस्ताव थियो ।

जवाफमा एमाले अध्यक्ष ओलीले मधेसी मोर्चाको ठोस धारणा के हो अझै प्रष्ट नभएको बताए । ‘उहाँले केके विषयमा संविधान संशोधन गर्ने हो, तपाईहरुको ठोस प्रस्ताव ल्याउनु भन्नु भएको छ’ स्रोतले भने ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *