
काठमाडौं-चैत्र २५ । भारतीय जनता पार्टीका बरिष्ठ नेता भगत सिंह कोशियारीको नेपाल बसाई प्रबुद्द समुहको बैठकमा सहभागी हुनु मात्र थिएन । कोशीयारीले भारत सरकारको तर्फबाट स्पष्ट म्यानडेट लिएर आएको थियो त्यो अरु केही नभएर संबिधान संशोधन गरेर मात्र स्थानीय तहको निर्बाचन गराउने नै थियो । नेपाल र भारत बीच भएको सन १९५०को सन्धि कुनै हालतमा पुनराबलोकन नहुने सन्देश दिएका कोशियारीले प्रधानमन्त्री हुँदै सबै जसो राजनीतिक दलका नेताहरुलाई सुझाए संबिधान संशोधन मार्फत असन्तुष्ट मधेसबादी दललाई सहमतिमा ल्याएर मात्र चुनाब गर्नु नभए त्यसतो चुनाबमा भारतको कुनै सहयोग हुदैन ।
कोशियारीको यो सन्देशसँगै सत्ता गठबन्धन दल मधेसी मोर्चालाई कुनै हालतमा सहमतिमा ल्याउने तयारीमा छन तर एमालेले पुन भाजो हाल्ने संकेत पाएको भारतीय पक्षले उनलाई कुनै हालतमा सम्झाउने गृहकार्य गरिएको बुझिएको छ । एमाले अध्यक्ष ओलीको पछिल्लो बैंकक भ्रमण त्यो दिशातिर केन्द्रित भएको स्रोतले बताएको छ । कोशीयारीको आग्रहलाई ओलीले लत्याएपछि नयाँ ढंगले एमालेलाई मनाउने कोशिस भईरहेको स्रोतले बताएको छ । एमालेको पछिल्लो सर्त भने सरकारमा सहभागी हुने यद्यपि कांग्रेस बेगरको बनाउनुपर्ने रहेको बुझिएको छ ।
कोशियारीको नेपाल बसाईको क्रममा एमाले अध्यक्षले सो सर्त अघि सारेको स्रोतले बताएको छ । कोशियारीले सरकारको सहभागीतामा सकारात्मक जवाफ दिए पनि कांग्रेस बेगरको सरकार बन्ने कुरामा भने केही नबोलेको बुझिएको छ । एमाले अध्यक्ष ओलीको बैंकक भ्रमण पछि मात्र नेपाली राजनीतिको आगामी यात्रा कस्तो हुने त्यसमा निर्भर देखिने भएको छ । संबिधान संशोधन पछि मात्र चुनाब गराउने कोशियारीको प्रस्ताबलाई सत्ता गठबन्धन दलले स्वीकारे पनि ओलीले आफ्नो पुरानो सहकार्य भएको भारतीय पक्षले भनेको मात्र मान्ने कोशियारीलाई जवाफ फर्काएको बुझिएको छ ।
Facebook Comments