Loading...
मदरसा तौहिदु इस्लाम सलफिया माध्यमिक विद्यालयको परिक्षाफल र शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न
बीरगंज २६ चैत्र
मदरर्सा तौहिदुल इस्लाम सलफिया माध्यमिक विद्यालय बीरगंज बहुअरी हाल वडा नंं. १४ ले आफनो वार्षिक शैक्षिक प्रदर्शनी कार्यक्रम र परिक्षाफल प्रकाशित गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष खालिद अन्सारीको अध्यक्षता रहेको सो कार्यक्रममा मदर्साका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले विभिन्न भाषामा आधारित आफनो प्रतिभा र शैक्षिक क्षमता वृद्धि अभ्यास अभिभावक र अतिथिहरुबीच दर्शाएका थिए ।
मदरसा व्यवस्थापन समितिले प्रत्येक वर्ष झै विद्यार्थीहरुको मनोबल बढाउनका लागि उनीहरु बीच पुरस्कार स्वरुप शैक्षिक सामग्री वितरण गर्दै आएको र आउने दिनमा पनि यस्तै गर्दै जाने कुरा अध्यक्ष खालिद अन्सारीले बताए ।
पर्सा जिल्लाको एक मात्र नमुना मदरसाको रुपमा रहेको उक्त मदरसामा सरकारले अहिले सम्म मात्र कक्षा ८ को स्वीकृति दिएको र कक्षा ९ र १० सम्मको अनुमति पाउनका लागि हरेक वर्ष पूर्ण विवरण सहित कागजात पेश गर्दै आएको तर सरकारले त्यस तर्फ ध्यान नदिएको दुखेसो पोख्दै सचिव समसेद अखतरले यहाँका कक्षा ९ र कक्षा १० का विद्यार्थीहरुलाई सरकारी स्कुल वा बोर्डिग स्कुल धाउन परेकोले यसैमा कक्षा ९ र १० को तयारी गराई विगत ३ वर्षदेखि एसएलसी परिक्षामा सहभागिता गराउदै आएको कुरा पनि बताए ।
उक्त मदरसामा करिब ६०० को हाराहारीमा छात्र र छात्राहरु अध्ययनरत रहेकोमा छात्राहरुको संख्या बढि रहेको यो पर्सा जिल्लाभरिको नमुना मदरसाको रुपमा रहेको जिल्ला शिक्षा कार्यालय पर्साको तथ्यांकमा रहेको कुरा सचिव सम्सेद अख्तर बताए ।
सो कार्यक्रममा ब्यवस्थापन समितिका उपाध्यक्ष जहिरुदिन अन्सारी, सहसचिव सगिर अहमद, सदस्य एसएम जहाँगस्त पत्रकार, अनिसुरहमान अन्य सदस्यहरु सहित गाउ र टोलका बुद्धिजीवी र शिक्षाप्रेमि, हाजी अब्दुल कलाम अन्सारी, हाजी अबुलैस अन्सारी, डा हसिबुरहमान अन्सारी, रउफ अन्सारी, अबुलकैश अन्सारी लगायत मदरसाका शिक्षक र शिक्षिका सहित अभिभावकहरुको उल्लेखनिय उपस्तिथी रहेको थियो ।
कार्यक्रमको सहजीकरण मदरसाका प्राध्यानाध्यापक मौलाना इरफान सलफिले गर्नु भएका थिए भने स्वागत भाषण तथा मदरसाको संक्षिप्त उद्देश्य बारे जानकारी सचिव सम्सेद अख्तरले गराएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *