Loading...
निकै नै चर्चामा रहेको गीत एक मिशालको भिडियो शुक्रबार सार्वजनिक
वीरगञ्ज, २५ चैत // पछिल्लो समय निकै नै चर्चामा रहेको गीत एक मिशालको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । अनुप तिवारीको शब्द, संगीत रहेको सो गीतमा वीरगञ्ज आइडल सुरभी मिश्रा र अनुप तिवारीको स्वर रहेको छ । लगभग ४ महिना अगाडी सार्वजनिक गरिएको सो गीतको अडियोले बजारमा तहल्का मचाइरहेका बेला शुक्रबार एक कार्यक्रममा बीच सो गीतको भिडियो सार्वजनिक  गरिएको छ । रन्धिर श्रेष्ठ निर्देशित सो भिडियोमा नायक अशोक आरयन यादव र  क्रिस्टिना थापाको अभिनय रहेको छ । ए.आरएएस् प्रोडक्शन्स्  अन्तर्गत निर्माण गरिएको सो गीतको अडियो संग्स् नेपाल अन्तर्गत सार्वजनिक गरिएको थियो । वीरगञ्जस्थित क्यान्डी सपमा आयोजना गरिएको कार्यक्रममा चर्चित शास्त्रीय संगीतकार ध्रुव सिंह ठकुरी, सई रुपक मैनाली, सिटि डान्स्का राजन रौनियार, लायन्स् क्लब सेन्ट्रल सिटिकी उपाध्यक्ष गुडी जोशी, फेस् अफ द वल्र्डकी प्रत्याशी पिंकी जोशी, युवा अभियन्ता सौराज प्रधान, नायक युवराज केशरी, मिस्टर वीरगञ्ज २०१६ निर्मल सर्राफ, चर्चित भिडियो सम्पादक रिशभ ओझा, एनपिडेलिका एसएम जहान गस्त, निर्देशक विजय ठाकुर लगायतकाको उपस्थिती रहेको थियो । सो भिडियोको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चर्चित शास्त्रीक संगीतकार धु्रब सिंह ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले भिडियो निकै राम्रो बनेको र नामझैँ  मिशाल कायम गर्ने बताएका थिए । कार्यक्रममा स्वागत मन्त्वय राख्दै चर्चित नायक डा. अशोक आरयन यादवले भिडियो निर्माणका लागि सहयोग गर्नुभएका सबै प्रति आभार व्यक्त गर्नुभएको थियो । सो भिडियो युट्युबमा आइतबार साँझ  हाइलाइटस् नेपालको मार्फत सार्वजनिक गरिने गायिका सुरभी मिश्राले बताइकी छिन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी बिवेक कर्णले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *