Loading...
अध्यक्ष बादल यादवसहित ३५ जना मोर्चा कार्यकर्ता रिहा

सिरहा २६, चैत्र । प्रहरीले आज दिउँसो लहानबाट पक्राउ गरेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव र जिल्ला अध्यक्ष बादल यादवसहित मोर्चाका ३५ जना नेता कार्यकर्तालाई भर्खरै रिहा गरेको छ । एमालेले चुनाव केन्द्रित कार्यक्रम गर्न खोजेपछि मोर्चाले विरोध गर्दा भएको झड़पमा प्रहरीले हस्तक्षेप गरी मोर्चाका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

मोर्चाको आन्दोलनलाई चुनौती दिँदै एमालेले लहानमा चुनाव सम्बन्धी कार्यक्रम गर्न खोजेपछि त्यसको विरोध गर्दा मोर्चाका कार्यकर्ता र प्रहरीबीच लहानमा झडप हुँदा भएको थियो । झडपका क्रममा प्रहरीले मोर्चा आबद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, जिल्ला अध्यक्ष बादल यादव, नेता नवीन यादवसहित ३५ जनालाई पक्राउ गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *