
वीरगन्ज २६, चैत्र । संघीय समाजवादी फोरम नेपालमा विभिन्न पार्टी परित्याग गरि सक्रिय नेता कार्यकर्ताहरुको ठूलो समूह प्रवेश गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरी दुई सय पचास जना नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।
वीरगन्जको मुलीमा पार्टीको बडा इकाइ समिति १५ र १६ ले संयुक्त रुपमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्व गाविस अध्यक्ष रामदरश कुशवाहा, पुर्व नगर परिषद सदस्य एवं एमालेका जिल्ला सदस्य मुस्तकिम हवारी, पुर्व नपस तथा राप्रपाका नेता अदालत मियां, नेपाली काग्रेसका हसमोद्दीन मन्सूरी, किशोर कुमार मेहता, ध्रुव प्रसाद कलवार लगायत विभिन्न पार्टी परित्याग गरि २ सय ५० जना फोरम नेपालमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुले कांग्रेश एमाले मधेशी बिरोशी भएको समेत आरोप लगाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले नवप्रवेशीहरुलाई फूलमाला तथा अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष यादवले सरकारमा रहेका नेताहरुले बलपूर्वक मधेशमा चुनाव गराउन खोजिए मधेशी जनताले हतियार उठाएर त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
मधेस आन्दोलनको भावना विपरीत मधेशी जनतालाई गुलाम बनाउने उद्देश्यले गराउन लागिएको चुनावमा मधेशी कर्मचारीहरुलाई परिचालन नहुन आग्रह गर्दै नेता यादवले चुनावमा मधेशी जनताको कडा प्रतिकारबाट हुने क्षतिको जिम्मेवारी नेपाल सरकार र चुनावमा खटिने कर्मचारीले लिनु पर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री करिमा बेगम, पार्टीका नेता एवम् उद्योगपति विजय सरावगी, मधेश प्रदेश समितिका सचिव सलाउद्दीन अहमद लगायतका नेताहरुले नवप्रवेशीहरुलाइ फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
Facebook Comments