Loading...
तृयुगा नगर वडा समितिमा रामनारायण चौधरी

तृयुगा नगर वडा समितिमा रामनारायण चौधरी२०७३ चैत २६ शनिबार(8 April 2017) जोगीदह, उदयपुर ।सङ्घीय समाजवाद फोरम, नेपालका केन्द्रीय समितिका सदस्य रामप्रसाद रिजालले त्रिजुगा नगरपालिका वडा नं. १ जोगीदह, उदयपुरकाे वडा सम्मेलनकाे हिजो उदघाटन गर्नु भयो ।अधिबेशनले रामनारायण चौधरीको अध्यक्षतामा तेह्र सदस्यीय जोगीदह वडा समितिको चयन गरेको छ ।

समितिका उपाध्यक्ष सतिसकुमार चौधरी, सचिव लंकराज राई, कोषाध्यक्ष उमा मगर, सदस्यहरूमा प्रशुराम चौधरी,रामेश्वर चौधरी, पन्चलाल चौधरी, छत्रप्रसाद पराजुली, ताराचन राई, सुकुमार राई, विष्णु बिक. र रमानन्द चौधरीनिर्वाचित हुनुभएको छ ।वाइसिएलका एक नम्बर क्षेत्रीय इन्चार्ज छत्रप्रसाद पराजुली, माओवादी केन्द्रका ताराचन राई र एमालेका पुलकित चौधरी ससफो, नेपालमा प्रबेश गर्नुभयो । नवप्रवेशीहरूलाईअधिवेशन उदघाटक रिजाल र किरात प्रदेशका मुख्य सचिव घनश्याम खतिवडाले फूलमाला लगाईस्वागत गर्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *