
काठमाण्डौ २८ , चैत्र । संघीय समाजवादी फोरम नेपालमा पूर्वमन्त्री र १५ जना पूर्व गाविस अध्यक्षसहित कांग्रेस एमालेका हजारौ नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गर्दैछन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमन्त्री मोहनलाल चौधरी, राप्रपा कै पूर्व पर्सा जिल्ला अध्यक्ष मुखदेव पंजियार, कांग्रेसका चर्चित नेता सलीम अन्सारी, एमालेका प्रभावशाली नेता जितेन्द्र यादवसहित हजारौको संख्यामा नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गर्न लागेका हुन ।
आज सोमबार चैत्र २८ गते वीरगञ्जमा आयोजना हुने बृहद पार्टी प्रवेश एवं सभामा फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई स्वागत गर्दै पार्टी प्रवेश गराउने कार्यक्रम रहेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिएका छन ।
नेपाली कांग्रेश ट्रेड यूनियनका केन्द्रीय सदस्य एवं एनजीओ सिसीका अध्यक्ष राम नरेश यादव, एमाले राष्ट्रिय परिषद सदस्य जितेन्द्र यादव, राप्रपा नेता भूपदेव राम थारू, तमलोपा निकट शिक्षक यूनियन का पूर्व केन्द्रीय अध्यक्ष हरिहर दास कानू फोरम नेपाल प्रवेश गर्न लागेका छन ।
Facebook Comments