Loading...
नृसिंह फोर्स क्लब पिपराद्धारा निःशुल्क स्वास्थ्य शिविर, ५ सय भन्दा बढि लाभान्वित
वीरगंज २७ चैत, श्री नृसिंह फोर्स क्लब वीरगंज–१७ पिपराको आयोजना एवं श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. वीरगंजको सहयोगमा आज पिपरामा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
पिपरा धर्मशालामा आयोजित सो शिविरमा हाडजोनी तथा नशा रोग, मुटु, पेट, छाती तथा मधुमेह, प्रसुती तथा स्त्री रोग,नवजात शिशु तथा बालरोग, आँखा, कान, नाक, घाँटी तथा छाला रोगको निःशुल्क परिक्षण गरिएको थियो । शिविरमा पिपरा, सानो पिपरा, बहुवरी, राधेमाई, लक्ष्मनवा, गण्डकबहुवरी लगायतका गाउंका ५ सय भन्दा बढि सर्वसाधारणको स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा जेनरल फिजिसियन डा. एम.डि. राजा, गाइनो विशेषज्ञ डा. खुश्बु अग्रवाल, इमरजेन्सी मेडिसिन डा. जेनामुदिन, सामान्य चिकित्सक करण पटेल लगायतको टोलीले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
श्री नृसिंह फोर्स क्लबका अध्यक्ष बिनेश पटेलको सभापतित्वमा भएको कार्यक्रममा अस्पतालका क्याम्प मैयानेजर बालमुकुन्द उप्रेती, क्लबका उपाध्यक्ष ओमप्रकाश पटेल, सचिव जायेद हुसैन, विष्णु पटेल, श्यामबाबु पटेल, रामकुमार पटेल, आकाश पटेल, रामनिवास पडित, बिटु साह, भोला पटेल, साजन साह, अर्जुन पटेल, विकास पटेल, दिपेस पटेल, पुनिल पटेल, जलेश्वर सर्राफ, रामाशिस पटेल लगायतको विशेष सक्रियता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *