Loading...
राज्य पुनसंरचनामा अपाङ्गता भएका व्यक्तिहरुको पहुच बिषयक एकदिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न, सरकारी निकायहरु अपाङ्ग मैत्री नहुनु दुखत ः वक्ताहरु 
वीरगंज, चैत्र २७,राकेश साह
राज्य पुनसंरचनामा अपाङ्गता भएका व्यक्तिहरुको पहुच बिषयक एक दिने अन्र्तक्रिया कार्यक्रम गोष्ठी आज जिल्ला समन्वय समिती पर्साको सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मधेसी अपाङ्ग महासंघ नेपालका कार्यवाहक अध्यक्ष देवनारायण पंडितको सभापतित्वमा आयोजित गोष्ठीमा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक यज्ञबहादुर भट्टराई,विशिष्ट अतिथी नेपाल पंचाङ्ग निर्णायक समितीका प्रबन्ध निर्देशक डा. आर्चाय ऋषभ रेशु,अतिथीहरु राष्ट्रिय मधेशी शहिद उद्यान समितीका अध्यक्ष श्रीपति चौधरी,सदभावना पार्टीका पर्सा सचिव धर्मेन्द्र पटेल,समाजिक अभियन्ता प्रकाश थारु, माइती नेपालका कार्यालय प्रमुख संगीता पुरी, अपांङ्ग कल्याण संघका पर्सा अध्यक्ष संजय कुमार सर्राफ, हिन्दु परिषद नेपाल पर्साका अध्यक्ष भुपेन्द्र पौडेल,तराई मधेस पहाड हिमाल एकता पार्टीका  पर्सा अध्यक्ष देवधारी बैठा, राष्ट्रिय मधेसी महासंघ नेपालका केन्द्रिय सदस्य अरविन्द मिश्रा लगायतकाले आ आफनो धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले राज्यले अपाङ्गहरुलाई बिभेद गरेको आरोप लगाएका थिए । नेपालको सरकारी निकायहरु अपाङ्गमैत्री नभएको बताउदै अगामी दिनहरुमा सरकारले यसप्रति ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । वक्ताहरुले अपाङ्गहरु आफैमा बिशिष्ट क्षमता बोकेको व्यक्तित्व हुने भएकोले आफुलाई कमजोर नठानी एकतावद्ध भई आफनो अधिकार लिन सरकारलाई घच्घच्याउन आग्रह गरेका थिए ।
यसैबिच समाजमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै महासंघले वरिष्ठ समाजसेवी प्रकास थारुलाई सम्मानित समेत गरेको थियो ।
प्रमुख अथिती तथा अतिथीहरु मैनबति बालेर उदघाटन गरेको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य धर्मलाल रायले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने केन्द्रिय सचिव काशिराम ठाकुरले कार्य संचालन  गतिबिधि प्रस्तुत गरेका थिए । कार्यक्रमलाई महासंघका केन्द्रिय प्रवक्ता एवं ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेले गरेका थिए ।
कार्यक्रममा स्वतन्त्र मधेसी नागरिक समाजका अगुवा संजय सर्राफ महासंघका महासचिव बच्चा राजभर, सचिव काशीराम ठाकुर, कोषाध्यक्ष बैनाथ महतो, केन्द्रिव प्रवक्ता पुरुषोत्तम दुवे, सदस्यहरु धर्मलाल राय, लिलाकान्त साह, वृजेश श्रीवास्ताव, आशा महतो, राजेश ठाकुर लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *