Loading...
यस बर्षको युबा सक्रिय पत्रकारिता पुरस्कारबाट मेट्रो एफ.एमका पत्रकार गजेन्द्रराज ओझा सम्मानित

काठमाडौं-चैत्र २८ । मेट्रो एफ.एमका पत्रकार गजेन्द्रराज ओझा यस बर्षको युबा सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन । प्रधानमन्त्री पुष्प कमल दाहालले रिपोर्टर क्लबको १९औं बार्षिकोत्सबको उपलक्ष्यमा पत्रकार ओझालाई सम्मानित गरेका हुन । यस बर्ष क्लबले पत्रकार ओझालाई मात्र सो सम्मान प्रदान गरेको छ ।

मेट्रो एफ.एममा बिगत एक दशकभन्दा बढी कृयाशिल रही पत्रकारितामा सक्रिय योगदान पुर्याए बापत सम्मान गरिएको क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिएका छन । पत्रकार ओझाले क्लबको सम्मानबाट आफु उत्साहित भएको र आगामी दिनमा पत्रकारिता क्षेत्रमा थप योगदान दिन सधै कृयाशिल रहने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *