Loading...
राजेन्द्र महतोलाई प्रमुख अतिथि बनाएपछि सहभागीद्धारा कार्यक्रम नै बहिस्कार

काठमाण्डौ ,२८ चैत ।

गत शनिवार काठमाडौ मा सुरु भएको राष्ट्रिय बैस्य युवा महासंघको महाधिवेशनमा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो लाइ प्रमुख अतिथी बनाएपछि सहभागीहरुले बहिस्कार गरे । आयोजकले महाधिवेशनमा महतो सहित मधेसी जनता पार्टीका अध्यक्ष महेश कलवारलाई पनि बोलाएको थियो । तर महतोलाई मात्रै अथिति बनाएर मन्चमा बोलाएपछि मजपाका कार्यकर्ताले बिरोध गर्दै कार्यक्रम बहिस्कार गरे ।

उनीहरुले दलाल ब्यापारी तस्कर हरु लाई पैसा लिएर अतिथी बनाउने साथै सद्भावना पार्टी अध्यक्ष महतो लाइ प्रमुख अतिथी बनाउने काम गरेको भन्दै बिरोध गरेका थिए । सुरुमा महाधिवेशनमा बोलाउने तर पनि महतोका पार्टीका नेताहरुलाई अथिती तथा महतोलाई प्रमुख अथिति बनाएर आफ्ना पार्टीका अध्यक्षलाई अपमान गरेकोले कार्यक्रम नै बहिस्कार गरिएको मधेसी जनता पार्टीका कार्यकर्ता तथा समर्थकको भनाई छ ।

कलवार का समर्थकहरुले समान्तर महासङ्ह बनाउने चेतावनी समेत दिएका छन् । अर्को महासङ गठन गरि सम्पुर्ण बैस्य समुदाय लाई गोलबन्द गरि अघि बढ्ने उनीहरुको भनाई छ ।

मिर्मिरे अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *