Loading...
मुलुकमा जातीय मुक्ति आन्दोलनको शुरुवात जनजातिले नै गरे ,अब जनजातिलाइ कुन पार्टीले अधिकार दिन्छ त?

मुलुकमा जातीय मुक्ति आन्दोलनको शुरुवात गोरे बहादुर खपाङ्गी, काजीमान कन्दङवा र खगेन्द्रजङग गुरुङहरुले २०४७ सालदेखि औपचारिक रुपमा बहुदलीय प्रतिश्पर्धामा उत्रिएका थिए । उत्साहजनक जनमत प्राप्त गरेपनि ३ प्रतिशत मत प्राप्त गर्न नसक्दा राष्ट्रिय पार्टी हुन सकेनन् । २०४८ सालपछि एकिकरण भएपछि करिब एक लाख ३५ हजार मत प्राप्त गरेपनि राष्ट्रिय पार्टी हुन सकेनन् । कुनै सिट जित्न सकेनन् । जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था, प्रान्तीय राज्य, सङ्घात्मक सरकार, जातीय भाषिक अधिकार, धर्म निरपेक्ष राज्य र राष्ट्रिय स्वाधिनता र जातीय मुक्तिको नारा सिद्धान्त बोकेर उठेको यो पार्टी नर्सरी मात्रै भयो । जहाँबाट उमि्रए अर्कै ठाउँमा हुर्किए नेता कार्यकर्ता । कोही माओवादी जनयुद्धमा हुर्किएर फले, फलाए, कोही प्रहरी, कोही निजामति, कोही शिक्षक, कोही प्राध्यापक, कोही सरकारी जागिरे, कोही एमाले, कोही लिम्बुवान, खम्बुवान, तामसालिङ, मगरात कता हो कता ? के के गरे के के ? नेताहरुमा सही नेतृत्व क्षमता नहुदा सही निर्णय गर्न नसक्दा त्यो गति भो । तिनै एजेण्डा बोकेर माओवादीले सर्बोच्च स्थान हासिल गर्‍यो । माओवादीले २०६४ को निर्बाचनमा त्यही एजेण्डा बोकेर पहिलो दल बन्यो, २०७० मा छोडन खोज्यो तेश्रो दल बन्यो । अब काँग्रेस एमाले, माओवादी ठूला दल, साना दल प्रायः यही एजेण्डाको वरिपरी घुमिरहेका छन् त्यसैलै जातीय मुक्ति, राष्ट्रिय स्वाधिनता, समानता, एकता र स्वतन्त्रता, परिवर्तन सम्भव छ । सङ्घीय समाजवादी पार्टी, पछि फोरम बनेको दल बैकल्पिक शक्ति हो । यसले सही नेतृत्व गरे, कार्यकर्ताको संरक्षण, गुटबन्दीको अन्त्य र सबै क्षेत्रतीर बराबर संगठन विस्तार गर्न सके यही पार्टी मात्रै हो अबको नेतृत्वकर्ता । तर, अहिले त्यस्तो कही कतै कमीकमजोरी भइरहेको छ । गरिरहेका छन् । नेता नेतृत्वले बाटो विराउनु हुदैन । अबको बाटो -१) आगामी स्थानीय तहको निर्बाचन कि त सबैतीर विथोल्न सक्नुपर्‍यो -२) निर्बाचनको मिति सार्ने गरी दवाव दिनुपर्‍यो । कम्तिमा जेठम्म वा कात्तिकसम्म, सार्न सके संगठन विस्तार गर्न र चुनावी रणनीति, माहौल खडा गर्न सकिन्छ । -३) त्यति केही गर्न सकिएन भने निर्बाचन आयोगमा दर्ता भएको जिल्लामा सङ्घीय समाजवादी फोरमको चुनाव चिन्ह मतपत्रमा छापिएकै हुन्छ हरेक वडा वडासम्म उम्मेदवार खडा गर्नुपर्छ । हरेक वडा, गाउँपालिका र नगरपालिकामा खडा भएका उम्मेदवारले मत संरक्षण गर्ने छन् । -४) चुनावमा जित्ने सम्भावित ठाउँमा केन्द्रीकृत भएर चुनावमा शक्ति केन्द्रीत गर्नुपर्‍यो, अन्य ठाउँमा सम्भावित ठाउँमा सहकार्य गठबन्धन गरेर उम्मेदवार खडा गर्ने । तपाईंलाई यी सुभलावहरु कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहेाला ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *