
बिष्णु घिमिरे
नेपाल सरकार मन्त्रीपरिषदको चैत २८ गतेको निर्णयअनुसार चैत २८ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएका प्रकाश अर्याल दज्र्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरवारमा सोमबार आयोजित बिशेष समारोहबीच गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिब लोकदर्शन रेग्मीले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक अर्याललाई बधाई तथा शुभकामना दिनुहँुदै कार्यकाल सफलताको कामना गर्नुभयो । उक्त अवसरमा गृहसचिव रेग्मीले कठिन घडीमा नेपाल प्रहरी संगठनले नेतृत्व पाएको बताउनुहँुदै नेपाल सरकारले सुम्पिएको जिम्मेवारीलाई आत्मसाथ गरी उच्च मानोवलकासाथ नागरिकको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका सुरक्षा निकायहरुलाई आधुनिकीकरण एवं व्यवसायिक संगठनका रुपमा रुपान्तरण गर्नेतर्फ गृहमन्त्रालय अग्रसर रहने बताउनुहुदै अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रहरीलाई अव्वल बनाउन गृहमन्त्रालय लागिपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल सरकारले आफ्नो व्यवसायीक निष्ठा र राष्ट्रसेवामा पु¥याएको योगदानको कदर गर्दै नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा गौरवान्वित भई जिम्मेवारी बोधसमेत गरेको बताउनुभयो । समारोहमा उहाँले राष्ट्रसेवाको कार्यमा वीरगति प्राप्त गर्ने सम्पूर्ण वीर अमर प्रहरी तथा कर्तव्यपरायणताको क्रममा घाइते हुनु भएका बहादुर सदस्यहरूको योगदानको स्मरण गर्दै अमर प्रहरीहरूको आत्माको चीरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउदै आम नागरिकमा सुरक्षाको भावना महसुस गराउन राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च व्यावसायिक निष्ठाका साथ वहन गर्न प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरू प्रतिबद्ध रहेनेमा जोडदिनुभयो ।
नेपाल प्रहरीको सांगठनिक सुदृढीकरण, प्रहरी कर्मचारीहरूको गुनासा र भावनाको यथोचित सम्बोधन नै संगठनको प्राथमिकता र नेपाल प्रहरीको आजको आवश्यकता हो भन्नुहुदै उहाँले नेपाल प्रहरीको सुदृढीकरण, प्रहरी कर्मचारीहरूको कार्यदक्षता र व्यावसायिक क्षमता अभिवृद्धिमा नेपाल सरकार, गृह मन्त्रालय लगायत सम्वद्ध सरोकारवाला सबै निकायहरूको सहयोग र सद्भाव रहिरहनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वव्यापीकरण, विज्ञान र संचारको तीब्र विकास अनि सहज पहुचले आम मानिसको सोचमा ल्याएको परिवर्तन, सामाजिक संरचनामा विचलन, संगठित अपराधको संजालको बिस्तार, अपराधका नयाँ प्रवृतिहरूले अपराध नियन्त्रण र अनुसन्धान क्षेत्रमा नयाँ चुनौती थपेको बताउनुहुँदै महानिरीक्षक अर्यालले आगामी दिनमा प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धान पद्दति संस्थागत गर्नका लागि प्रविधि उन्मुख प्रहरी संगठनको आवश्यकता र संघीय स्वरुपमा विद्यमान नेपाल प्रहरी संगठनको सहज समायोजनलाई चुनौतीका रुपमा लिएको बताउनुभयो ।
Facebook Comments