Loading...
मतदान स्थल निर्धारणको लागि आयोजित बैठक दोस्रो पटक स्थगित

राकेश यादव । रौतहट । २८ चैत्र
आसन्न स्थानीय तह निर्वाचनको मतदान स्थल निर्धारणको लागि जिल्ला निर्वाचन आयोगको कार्यालय रौतहटले आह्वान गरेको  र्वदलीय बैठक दोस्रो पटक स्थगित भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले संविधान सन्शोधन नभए सम्म निर्वाचनको कार्य अघि बढ़न नदिने अड़ान लिएपछि प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाको अध्यक्षतामा आयोजित हुने भनिएको बैठक स्थगित
गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवले जानकारी दिएका छन । मोर्चामा आवद्ध मधेशवादी दल संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य अरुण कुमार सिंह, सदभावना पार्टीका जिल्ला अध्यक्ष शेख जमशैद, नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टीका नेताहरुले बल जवर्दस्ती चुनावको कार्यक्रम बढ़ाइए ठूलो दुर्घटना हुने चेतावनी दिएका छन । नेपाल सरकारले मांग सम्वोधन नगरे सम्म मधेशका कुनै पनि जिल्लामा चुनाव नहुने मोर्चाका नेताहरुले ठोकूवा गरेका हुन । रौतहटमा अहिले सम्म निर्वाचनका कुनै पनि कार्यक्रम अघि बढ़न सकेको छैन । पूर्व घोषित मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन हुन नसकेको कार्यालयले जनाएको छ । बैठकमा सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दलका जिल्ला अध्यक्षहरु लगायत सुरक्षा निकायका प्रमुखहरु सहभागी भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *