Loading...
नेपाल भारत सिमामा रहेको जंगे पिलरमा वम विस्फोट, भैसी र महिला घाईते

 प्रभातकुमार झा । रौतहट, २८ चैत ।
नेपाल भारत सिमामा रहेको जंगे पिलर नम्वर ३४४ भन्दा डेढ सय मिटर नेपाली क्षेत्रमा सोमवार साँझ बम विस्फोट भएको छ । दशगजा क्षेत्रमा रहेको ३४४ नम्वर पिलर भन्दा डेढ सय मिटर नेपाली भुभाग लक्ष्मिपुर बेलविछवा गाविस वडा नम्वर ८ स्थित सोभी राय यादवको सिसौंको बगैचामा आज साँझ ५.४५ मिनेटको समयमा भैसीको खुटा पर्दा उक्त वम विस्फोट भएको हो ।  वगैचामा जमिन मुनी गाडेर राखिएको उक्त वम माथि भैसीको खुटा पर्दा विस्फोट भएको जानकारी दिदै डिएसपी नविनकृष्ण भण्डारीले तुल्सि जर्दा पानमसलाको बटामा बनाइएको भरुवा वम उक्त स्थानमा पहिला देखि गाडिएको अवस्थामा रहेको बताए । वम विस्फोट हुँदा भैसीको अगाडीको दाहिने खुटामा
ठूलो घाउ लागेको तथा भैसीको डोरी समातेर हिडिरहेका सोही गाविस वडा नम्वर ९ का विनोद राय यादवको ६० बर्षिया आमा सामान्य घाइते भएको उनले बताए । घाईते महिलाको घाटी र हातमा वमको सामान्य छर्रा लागेर घाउ भएको बुझिनमा आएको उनले भने । वम विस्फोट भएपछि भैसी र महिला दुवै घर तर्फ गइसकेकोमा प्रहरी घाईतको घरमा गई उनीहरुको उपचार गराउन समेत निर्देशन दिइसकेको जानकारी दिदै डिएसपी भण्डारीले सिसौंको वगैचामा कसले र कहिले बम गाडेको हो त्यस वारे अनुसन्धान कार्य सुरु भईसकेको समेत जानकारी उनले दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *