Loading...
जाति र क्षेत्रका नाममा झगडा नराउन एमालेलाइ देउवाको चेतावनी

२८ चैत,तुलसिपुर । तुलसीपुर मा भएको कांग्रेश को सभामा सभापति शेरबहादुर देउवा प्रमुख विपक्षी दल एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रामकरुपमा प्रस्तुत भएका छन् । प्रदेश नम्बर ५ मा पर्ने दाङको तुलसिपुरमा कांग्रेसले शक्ति प्रर्दशन गर्दै आयोजना गरेको सभामा देउवाले जाति र क्षेत्रका नामा झगडा नराउन एमाले लाइ चेतावनी दिनु भएको छ ।

एमालेप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका देउवाले एमालेले संविधान कार्यान्वयन नचाहेको आरोप समेत लगाउनु भयो । मधेसी मोर्चाले विरोध गर्दा गर्दै पनि एमालेले मेची महाकाली अभियान चलाएर मधेसमा वितण्डा मच्चाएको उहाले बताउनु भएको छ । देउवाले भने,-‘मधेसको सन्दर्भमा एमाले गलत छ, एउटा शक्तिलाई वाइपास गरेर चुनावमा जाँदा पछि द्वन्द्व निम्तिने खतरा हुन्छ, ‘मधेसलाई साथ् मा लिएर र कांग्रेस अगाडि बढ्न चाहन्छ ।’ कांग्रेसका विषयमा नानाथरी भ्रम फैलाएर एमालेले राष्ट्रलाई निकास दिने भन्दा पनि वितण्डा मच्चाउने काम गरेकोउहाको भनाइ रहेको थियो ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *