Loading...
उपेन्द्र यादब पार्टी अध्यक्ष र बाबुराम भट्टराई सर्बोच्च नेता हुदै बैशाख दोस्रो साताभित्रै संघीय समाजबादी फोरम- नयाँ शक्ति पार्टी घोषणा हुने निश्चित

काठमाडौं- चैत्र ३० । बैशाख दोस्रो साताभित्र संघीय समाजबादी फोरम र नयाँ शक्ति बीच पार्टी एकता हुने निश्चित भएको छ । उपेन्द्र यादबको नेतृत्वमा रहेको फोरम र बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति बीच पार्टी एकता पछि पार्टीको नाम संघीय समाजबादी फोरम ड्यास नयाँ शक्ति राख्ने तय भएको एक नेताले बताएका छन ।

एकीकृत पार्टीको अध्यक्षमा उपेन्द्र यादब र बाबुराम भट्टराई सर्बोच्च नेता हुने लगभग निश्चित भएको स्रोतले बताएको छ । अशोक राई भने बरिष्ठ नेता नै हुने भएको छ । संबिधान संशोधन मार्फत आफनो माग सम्बोधन भए स्थानीय चुनाबमा सहभागी हुने नभए चुनाब बिथोल्ने रणनीतिमा  ड्यास नयाँ शक्ति रहेको बताइएको छ ।

चुनाबमा सहभागी हुने सन्र्दभमा फोरमको चुनाब चिन्ह प्रयोग गर्ने पनि ती नेताले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *