Loading...
मस्जिदमा तोडफोड सहित तालाबन्दी गरिएकोमा सर्वत्र बिरोध

रबिन्द्र यादव/ नवलपरासी , २९ चैत । हजारौÒ धार्मिक अनुयायीहरुको आस्थाको केन्द्र बनेको नवलपरासीको सरावलमा अवस्थीत धार्मिक मस्जिदमा तोडफोड सहित ताला बन्दी गरिएकोमा सर्वत्र बिरोध भएको छ । जिल्लाको सरावल गाउÒपालीका अवस्थीत धार्मिक मस्जिदमा केही व्यक्तिहरुले तोडफोड गरी ताला लगाईएको प्रति मूस्लीम समुदायका अगुवाहरुले चिन्ता प्रकट गरेका हुन् । एक समुहले सो मस्जिदलाई तोडफोड गरी सामाजीक सद्भाव खल्वलाउने खालका गतिविधीहरु गरी केही मुस्लीम अगुवाईमा माथी हातपात भएको घटना प्रति सर्वत्र बिरोध भएको हो । मस्जिद भत्काउन खोजीएपछि सो बिवाद भएको थियो । सो मस्जिद निमार्ण भएको साविक पुसौली गाउÒ पञचालयत वार्ड न. ६ कित्ता न. ७८ को ५ धुर जग्गा मुमताज धुनीयाको नाउÒमा दर्ता रहेता पनि धुनियाले मस्लके आला हजरत समितीको नाउÒमा बिगत ३५ बर्ष अगाबै मस्जिद बनाउन भनि दान गरेको जग्गा हो । यसैबिच मुस्लीम अगुवाहरुले सो घटनाको बिषयलाई लिएर आज नवलपरासीमा स्थानिय प्रशासनको समेत ध्यानआकर्षण गराएका छन् । आला हजरत फाउण्डेसन नवलपरासीका सÒयोजक काशिद अलिको नेतृत्वमा गएको अगुवाहरुको टोलीले यस बारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । टोलीले एउटा धार्मिक मस्जिदमा केही व्यक्तिहरुले तोडफोड गरी ताला लगाईएको प्रति सर्वत्र बिरोध भएको जनाउदै अस तत्काल बार्ता र सम्बाद मार्फत समस्या समाधान गर्न प्रशासन समक्ष आग्रह गरेको छ । टोलीका अगुवा अलिले तत्काल सो समस्या समाधान नभए नवलपरासीका सबै मुस्लीम समुदाय थप शशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । टोलीले स्थानिय प्रशासन सÒग जनताको सामाजीक र धार्मिक अधिकारको ग्यारेण्टी सहीत सो धार्मिक मस्जिद र समस्त मुस्लीम समुदायको सुरक्षाको माग समेत गरेको छ । सो क्रममा प्रमुख जिल्ला अधिकारी उदय वहादुर रानाले सो घटनाको समस्या समाधान गर्नु आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । जिल्ला प्रशासन पुग्न अगाबै जिल्लाका बिभिन्न स्थानबाट सहभागी सयौÒ मुस्लीम अगुवाहरुले सो घटनाका दोषीलाई कारवाही सहित सबै समुदायर मिलेर बस्ने बातावरण सृजना गर्न सरकारसÒग माग गर्दै परासीमा प्रर्दशन गरेका थिए । सो मस्जिदमा हाल मुस्लीम समुदायहरु पुजापाठ र नमाज पढ्न सहभागी बन्दै आएका छन् । नवलपरासीमा करिब ५० वटा भन्दा बढी धार्मिक मस्जिद रहेका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *