
सरोज खिलाडी
काठमाडौं, ३१ चैत्र संघीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठक संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको छ । उक्त बैठकले चैत्र २९ गते नेपाल सरकारद्घारा व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको विधेयक मधेशी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी (दलित), अल्पसंख्यक तथा सीमान्तकृत लगायतका समुदायहरुले उठाएका मागहरु र विगतमा भएका समझदारी, सहमति र सम्झौताहरुको प्रतिकूल हुनुका साथै संघीय गठबन्धनले सरकार समक्ष प्रस्तुत गरेको २६ बुँदे मागलाई समेत बेवास्ता गरी ल्याएको र मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएको हुँदा गठबन्धन उक्त विधेयकलाई अस्वीकार गर्दै मुद्दाहरुलाई सम्बोधन गराउन निरन्तर संघर्ष जारी राख्ने निर्णय गरेको छ। त्यसैगरि संविधान संशोधन गरी आफ्ना मुद्दाहरुलाई सम्बोधन नगरुञ्जेल स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
गठबन्धनका आन्दोलन अन्तर्गत चैत्र ३१ गते मधेशका सबै जिल्ला सदरमुकाममा जुलुस्निकालने, बैशाख ३ गते जिल्ला स्थित निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम गठबन्धनले सार्बजनिक गरेको छ भने आन्दोलनका अन्य कार्यक्रम पछि प्रकाशित गर्ने मोर्चाले जनाएको छ ।
Facebook Comments