
स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक एवं आजाद मधेशको अभियान्ता बैज्ञानिक डा. सि के राउतको पासपोर्ट, बैङखाताहरू लगायत सम्पुर्ण सम्पत्ति नेपाल सरकारले जफत गरि वाक स्वतन्त्रता र नेपालको संबिधान बिपरितको यो घिनौउना कदम प्रति गठबन्धन रूपन्देही खेद ब्यक्त गरेको छ। र डा राउतको ब्यक्तिगत जीवन यापन गर्न छोरा छोरी पढाउन ,गर्भवती श्रीमतिको औषधी उपचारको लागि समेत सरकारले ख्याल नाराखी मानवता बिपरित सो कार्यले गठबन्धनलाई दुख दिने कार्य गरेको गठबन्धन ले जनाएको छ ।
नेपालमा नश्लभेदका कारण गैरमधेशीहरू मन्त्री उपप्रधानमन्त्री नै भएर नेपालको संबिधानले स्विकार गरि सकेको कुरामा संविधान बिपरित जे बोले जे गरे पनि हुने, अनि मधेशीहरूलाई जुन कुरा हुदेै होईन त्यसलाई जबर्जस्ती एउटैसंग गासि बिखन्डनको दोस लगाई सम्पत्ति समेत जफत गर्न कार्य निन्दनीय रहेको गठबन्धन को भनाइ रहेको छ ।
स्वतन्त्र मधेश गठबन्धनले नेपाल सरकारले यही रवैया राखि राखे रूपन्देही जिल्लाका सम्पुर्ण स्वराजी कार्याकर्ता जुन मध्ये सक्रिय ६ हजार ५ सय २० र , १५ सय स्वयंसेवक मध्ये १ हजार गठबन्धनका कार्यकर्ताद्धारा नागरिकता , पासपोर्ट , र अन्य सम्पक्ति नेपाल सरकारलाई फिर्ता दिई मधेश सरकारको आधार कार्डको स्थापना गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
Facebook Comments