Loading...
नेशनल मेडिकलका नर्सिङ्ग विद्यार्थीद्धारा चेतनामुलक सडक नाटक
वीरगंज ३० चैत, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा अध्यनरत्त नर्सिङ्ग शंकाय बिएससि प्रथम वर्ष ९ औं ब्याचका विद्यार्थीहरुले जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेका छन् ।
बाराको प्रसौनी गाउंपालिका वडा नं. ७ खुटवाको बथानी चौकमा बाल बिवाह, दाइजो प्रथा, भेदभाव, छुवाछुत मुक्त समाज बनाउने उदेश्यका साथ चेतनामुलक सडक नाटक सम्पन्न गरिएको जनाइएको छ । नर्सिङ्ग विद्यार्थीका टिम लिडर जाफेर आलम र निभा श्रीवास्तवको नेतृत्वमा भएको चेतनामुलक सडक नाटकमा सह प्राध्यापक बबिता सिंह, प्रशासन अधिकृत अताउल रहमान, शिक्षिका चाँदनी मल्ला, दुर्गा साह, कलेजका प्रवक्ता सेराज अहमद लगायतको विशेष सक्रियता रहेको थियो ।
 
नर्सिङ्ग शंकाय बिएससि प्रथम वर्ष ९ औं ब्याचका १५ जनाको समुहले गरेको सडक नाटकमा स्थानिय महिला, भद्रभलादमी, नर्सिङ्ग चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीहरुको समेत उल्लेखनिय सहभागीता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *