Loading...
नयाँ संशोधन प्रस्तावको विरोधमा मधेशी मोर्चाद्वारा देशै भर प्रदर्शन

काठमाडौं, चैत ३१, नयाँ संविधान संशोधन विधेयकको पनि विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज वीरगंजमा लाठी जुलुस प्रर्दशन गरेको छ । मोर्चाले सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयकको विरोधमा बैशाख ३ गते मधेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम पनि तय गरेको छ । सरकारले आफूहरुसँग भएको सहमति, समझदारी र सम्झौताको मर्म र भावना विपरित हुने गरी नयाँ संविधान संशोधन प्रस्ताव ल्याएको दाबि गर्दै मोर्चाले आज वीरगंज लगायतका मधेश केन्द्रित जिल्लाहरुमा विरोध प्रर्दशन गरेको हो । नयाँ संशोधन प्रस्तावको विरोधमा मधेशी मोर्चाद्वारा देशै भर प्रदर्शन गरेको छ ।
विरोध प्रर्दशनको कार्यक्रम मा सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रदिप यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम झा, , सद्भावना पार्टीका निजामुदिन समानी, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष कृष्ण पटेललगायतका नेताहरुको उपस्थिति रहेको थियो । वीरगंजको घण्टाघरबाट निस्किएको लाठी जुलुश नगर परिक्रमा गरी पुनः घण्टाघर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *