
काठमाडौं ०१, बैशाख । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टले सिङ्गो संगठनलाई एमालेकरण गरेको र ड्राइभर खलासी लाइ समेत पत्रकार महासंगको सदस्य बनाएको आरोप लगाउँदै सप्तरी पत्रकार महासंघले केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
महासंघलाई राजनीतिबाट मुक्त गर्नुपर्ने, विधान अनुसार विवाद समाधान गरी सप्तरी शाखाको अधिवेशन हुनुपर्ने र प्रक्रिया पूरा गरी सबै सदस्यको सदस्यता नवीकरण गर्नु जस्ता माग राखेर सप्तरीका दुइ दर्जन क्रियाशील पत्रकार महासंघ केन्द्रीय कार्यालयको मूलगेट मै धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको निर्वाचन विधानसम्मत नगरिएको विरोधमा दर्जनौं पत्रकारहरुले बुधबारदेखि महासंघ मुुख्यालयमा तालाबन्दी गरी अनिश्चितकालीन धर्ना दिँदै आएका छन् । महासंघको केन्द्रीय कार्यालयको मूलगेटमै सुक्रबार आज तेस्रो दिन पनि उनीहरु तालाबन्दी सहित धर्ना बसेका छन् ।
स्थानीय स्तरमा विभिन्न चरणमा आन्दोलन गर्दै आएपनि महासंघको केन्द्रीय समिति र क्षेत्रीय समितिले जिम्मेवारी नभएपछि सप्तरीका पत्रकारहरु राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । महेन्द्र बिष्ट इतिहास कै भ्रष्ट अध्यक्ष भएको पत्रकारहरुले आरोप लगाएका छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवं सांसद लालबाबु राउत, संघीय प्रेस फोरम का अध्यक्ष गोबिन्द छन्त्याल , महासचिब सरोज खिलाडी , संघीय प्रेस फोरम धनुषा का सचिब राम हृदय यादव, स स फो नेपाल का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसिया र समाजवादी युवा फोरमका केन्द्रीय उपमहासचिव दुर्गामणी सुवेदीले पत्रकारहरुको धर्नास्थल पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । त्यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि धर्नास्थल पुगेर ऐक्यबद्धता जनाएका छन् । त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सरीले पनि पत्रकारहरुको आन्दोलनमा पुगेर उनीहरुको माग र अवस्थाको जानकारी लिएकी छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा विभिन्न सञ्चारमाध्यममा आवद्ध क्रियाशील पत्रकारहरु महासंघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दीसहित धर्नामा बसेपछि महासंघको दैनिक कामकाज ठप्प भएको छ । पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष देव, सह सचिव सुधा देव, कार्यसमिति सदस्यहरु भूषण सिंह, चन्दन यादव, बृजमान तामाङ, राज कुमार पासवान धर्नामा बसेका छन् । यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खड्गा, प्रेस यूनियनका केन्द्रीय सदस्य अवधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष देवराम यादव, जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस यूनियन सप्तरीका कार्यवाहक अध्यक्ष राम नारायण विश्वास, प्रेस फोरमका केन्द्रीय सदस्य बैद्यनाथ यादव, प्रेस फोरम सप्तरीका सचिव जितेन्द्र कुमार झा, कोषाध्यक्ष धर्मपाल राउत, पत्रकार माला कर्ण, कृष्ण कुमार मण्डल धर्ना बसेका छन् ।
Facebook Comments