Loading...
छुट्न नपाउदै डा सीके राउत फेरि पक्राउ

डा. सि. के.राउतलाई सिरहा आदालतले सफाई दिए लगाक्तै रूपन्देही प्रहरीले प्रकाउ पुर्जी थमाई रूपन्देही थुनामा राख्ने कार्यको गठबन्धन रूपन्देही घोर निन्दा गरेको छ भने मानवअधिकार,पत्रकारहरूलाई सहयोग गर्न आह्वान समेत गरेको छ ।
स्वतन्त्र मधेशको अभियानमा लागेका बैज्ञानिक डा. सि के राउतलाई गैरकानुनी, अमार्यदित , अपमानित तरिकाले सिरहा जिल्लामा थुनामा राखे पछि बिहिबार आदालतले डा.राउतलाई सफाई दिएको हो । सफाई पाएको केही बेर नबितदै रूपन्देही प्रहरीले बिना कुनै कारण पक्राउ पुर्जी थमाई गिराफ्तार गरि रूपन्देही थुनामा राख्नको लागि बिहिबार राति नै सिरहा बाट ल्याई सकेको स्वतन्त्र मधेश गठबन्धन रूपन्देही का संयोजक भोपेन्द्र प्रसाद यादव ले जानकारी दिनुभएको छ । डा.राउत सो कार्यक्रम भन्दा १५ दिन पहिलै सिरहामा गिराफ्तार भैसकेका थिए ।

रूपन्देही प्रहरीको यो क्रियाकलाप प्रति गठबन्धन रूपन्देही घोर भ्रर्सना गरेको छ । र डा.राउतलाई ससम्मान कैदी कोठा भन्दा बहिर थुनामा राख्न माग गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *